जानकी माविद्धारा समाजसेवी शुशील खड्का सम्मानित

विदुर खबर २०७७ माघ ७ गते ८:४४

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ५ मा रहेको जानकी माध्यामिक विद्यालयले समाजसेवी तथा काठमाडौं दुप्चेश्वर सम्पर्क समितिका अध्यक्ष सुशील खड्कालाई सम्मानित  गरेको छ ।

Advertisement

विद्यालयको मंगलबार सम्पन्न भएको अभिभावक भेल तथा बिद्यालय व्यवस्थापन समिति गठन कार्यक्रममा खड्कालाई सम्मान गरिएको हो । उनले विखलयलाई आवश्यक पर्ने फर्निचरको लागि एक लाख ४० हजार रुपैयाँ बरावरको आर्थिक सहयोग गरेका थिए । सम्मनित भएपछि बोल्दै खड्काले आफ्नो वाउवाजेको समयदेखिनै समाजसेवाको भावना जागृत भएको भन्दै स्थानिय नुवाकोटको विकासका लागि आफु सधै प्रतिवद्ध रहने बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस महासमिति सदस्य एंवम शिवपुरि गाउँपालिकाकी उपाध्यक्ष मन्जु केसिले खड्काजस्ता सामाजिक भावना भएका व्यक्तिहरुको गाउँपालिकालाई खाँचो रहेको बताइन् । उनले आगामी दिनमा गाउँपालिकाको शैक्षिक र स्वास्थ्य लगायतका क्षेत्रमा नितिनियम बनाउँदा सबै सरोकारवाला पक्षहरुलाई समेटेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।

Advertisement

उपाध्यक्ष केशीले शिवपुरीका सबै विद्यालयको शैक्षिक गुणस्तर सुधार्न सबै सरोकारवाला निकायहरु एकजुट भएर लाग्नुपर्ने बताइन् । उनले जानकी माविलाई शिवपुरीकै उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन सबैको सहयोग र साथ निरन्तर चाहिने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एंवम नेवि संघ नुवाकोट क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष कष्ण मिश्र ,नेपाली कांग्रेसका नेता प्रेम वा थापा , रामेश्वर थापा ,पशुपतिदेव पाण्डे, वडाअध्यक्ष श्याम वहादुर थापा , गाउँपालिका शिक्षा शाखाका प्रमुख, विद्यालय पध्यानाअध्यापक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Advertisement

प्रतिक्रिया