सरकारले जनतालाई आतंकित बनायो : कांग्रेस
नुवाकोट । प्रमुख पतिपक्षी दल कांग्रेसले सरकारले कोरोना महामारीको आडमा जनतामा त्रास फैलाएको आरोप लगाएको छ ।
बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सम्पन्न पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले कांग्रेसले कोरोना नियन्त्रण र रोकथामभन्दा पनि जनतामा भए उत्पन्न गराएको ठहर गरेको सहमहामन्त्री प्रकाशशरण महतले बताए ।
पछिल्लो समय सरकारले उपत्यकामा खाद्यान्न पसल पनि बन्द गराएर सर्वसाधारणमा झन समस्या उत्पन्न गराएको सहमहामन्त्री महतको भनाइ छ । ‘दुई दिनभित्र खानेकुरा किन भनेर सरकारले जनतामा आतंक पैदा गरेको छ,’ महतले भने ।
काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनले जेठ १४ देखि २१ सम्म उपत्यकामा खाद्यान्न पसल पनि बन्द गर्ने निर्णय गरेका छन् ।
सानोतिनो व्यवसाय गरेर जीवन चलाउने र श्रमिकहरुलाई जीविकोपार्जनका लागि नै संकट उत्पन्न भएका बेला सरकारले राहतको व्यवस्था नगरेको पनि कांग्रेसको आरोप छ । ‘संक्रमणको आडमा जनतामा आतंक सिर्जना गर्ने र राजनीतिक स्वार्थ सिद्धि गर्ने काममा सरकार लागेको छ,’ महतले भने ।
यसअघि कोरोना रोकथाम र नियन्त्रणका लागि पार्टीले सरकारलाई १५ बुँदे ज्ञापनपत्र बुझाए पनि बेवास्ता गरेको महतले बताए । अझै पनि गाउँगाउँका कोरोना संक्रमितलाई अक्सिजन आपूर्ति र उपचारमा सरकारले ध्यान नदिएको उनको भनाइ थियो ।
त्यस्तै प्रतिनिधिसभा विघटनको कदमविरुद्ध राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध राजनीतिक र कानुनी लडाइँ जारी रहने पनि महतले बताए । कोरोना महामारीका बीचमा सडकमा उत्रिएर विरोध प्रदर्शन गर्ने अवस्था नभए पनि विभिन्न माध्यमबाट आफूहरुले आवाज उठाउने उनले बताए ।
‘संक्रमणका बेलामा सडकमा उत्रिने अवस्था छैन । तर पनि हामी सञ्चारमाध्यम, सामाजिक सञ्जालको प्रयो गर्दै, नागरिक समाजलाई परिचालन गर्ने, अरु दलहरुसँग पनि समन्वय स्थापित गर्ने त्यसबाट राष्ट्रपति र सरकारको कदमविरुद्ध निरन्तर आवाज उठाउने काम गर्छौं,’ उनले भने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया