भिसा पाएका २५ हजार युवा रोजगारीमा जान वञ्चित, पठाउन छैन सरकारको पहल

विदुर खबर २०७८ जेठ १२ गते १६:११

नुवाकोट ।  वैदेशिक रोजगारमा जान तयारीमा रहेका हजारौँ नेपाली युवाहरु उडान रोकिँदा अलपत्र परेका छन् ।

Advertisement

निषेधाज्ञाका कारण हवाई उडान बन्द भएपछि भिसा प्राप्त भएर जाने अन्तिम तयारीमा रहेका युवाहरु रोजगारीमा जान नपाएका हुन् । अन्तर्राष्ट्रिय विमान उडान दुई सातादेखि बन्द रहदा वैदेशिक रोजगारमा जान तयार रहेका युवाहरु नेपालमै रोकिएका हुन् । कोभिड १९ को दोस्रो लहर बढेसँगै काठमाडौं-नयाँ दिल्ली बाहेकका सबै अन्तर्राष्ट्रिय उडान वैशाख २३ गतेबाट बन्द रहेको छ । विशेष चार्टर्ड उडानका लागि भने अनुमति दिइएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार विमान बन्द भएदेखि २५ हजार हाराहारीमा रहेका नेपाली युवा वैदेशिक रोजगार जानबाट बन्चित भएका छन् । संघका महासचिव सुजितकुमार श्रेष्ठले २५ हजार नेपाली युवा वैदेशिक रोजगारको भिसा लिएर बसिरहेको बताए ।

Advertisement

उनले मलेसिया र दुबई बाहेक अन्य खाडी मुलुकले नेपाललाई ग्रिन जोनमा राखेको बताए । ग्रिन जोनमा रहेका देशहरुमा नेपाली युवा सहजै जान पाउने व्यवस्था गरिनु पर्नेमा उनले जोड दिएका छन् ।‘ २५ हजार मानिसहरु भिसा लिएर बसेका छन्, भारतीयलाई साउदी जान दिइएको छ तर, नेपालीलाई कतै जान पाउने व्यवस्था छैन, श्रेष्ठले चाणक्य पोष्टसँग भने ।

उनले धेरै जसो युवाहरु कतार, साउदी अरब, दुबई, ओमन, बराइन लगायतका खाडी मुलुक जाने तयारीमा रहेको बताए । साथै खाडी मुलुक बाहिरक देशमा जानका लागि उल्लेख्य मानिसहरुले भिसा समेत लिइसकेको उनले बताए । खाडी मुलुक बाहेक रोमानिया, साइप्रस माल्दिभ्स लगायतका देशमा जानका लागि धेरै मानिसहरुले भिसा लिइसकेको र केही लिने प्रकृयामा रहेकोमा अचानकको उडान बन्दले ठूलो असर पारेको छ ।

Advertisement

कोभिड १९को दोस्रो लहरसँगै वैदेशिक गन्तव्यका सबै यात्रा ठप्प छ । गत वर्ष समेत कोभिड १९ का कारण धेरै युवाहरु वैदेशिक रोजगारबाट बन्चित भएका थिए ।

पछिल्लो समय भारतीयहरुलाई नेपालबाट साउदी लान भने हिमाल्यन यरलाइन्स र नेपाल यरलाइन्सको उडान भइरहेको छ । भारतीयहरुलाई साउदी अरब जान हिमाल्यन यरलाइन्सको ३ वटा जहाज सञ्चालनमा छ भने नेपाल यरलाइन्सको ७ वटा जहाज सञ्चालनमा रहेको छ । श्रेष्ठले यरलाइन्सहरुले चर्कोे भाडा असुली भारतीयहरुलाई साउदी अरब जाने बाटो नेपलाको विमानस्थललाई बनाएको आरोप लगाए ।

सरकारको दोहोरो नीतिले समस्या 

सरकार एउटै भएर पनि नीतिगत रुपमा भने दुई वटा कुरा आएको छ । श्रम मन्त्रालयले श्रम खुल्ला गर्न अन्तीम स्वीकृती दिए पनि पर्यटन मन्त्रालयले पूरा हवाई उडान रोकेको छ ।

जसमा श्रम मन्त्रालयले श्रमको लागि जान स्वीकृती गरेको देखिन्छ । तर, पर्यटन मन्त्रालयले कुनै देश जान नपाउने र कुनै देशबाट नेपाल आउन नपाइने व्यवस्था गरेको छ । हाललाई नेपालीहरु कुनै पनि देश जान सक्ने अवस्था रहेको छैन ।

महासचिव श्रेष्ठ स्वास्थ्य नियम पालना गरेर पनि उडान शुुरु गर्न सकिने विषयमा सरकारी पक्षसँग छलफल भइरहेको बताउँछन् । उनले यस विषयमा कुनै ठोस निर्णय भइ नसकेको बताए ।

हामीले श्वास्थ नियम पालना गरेर भए पनि ग्रिन जोन भनेका देशहरुमा युवा पठाउने व्यवस्था होस भनेका छाँै, तर सरकार पक्ष यसमा सकरात्मक छैन,’ श्रेष्ठले भने ।

प्रतिक्रिया