नुवाकोटमा ६४ जना कोरोना संक्रमित कोरोनामुत्त
नुवाकोट । नुवाकोटमा आज ६४ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार आज जिल्लामा ६४ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका हुन् । यससँगै नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या एक हजार ८ सय २४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमित भेटिएका छन् । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार ९ सय २३ पुगेको छ ।
त्यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एकहजार ३० पुगेको हो । यो हिजोको तुलनामा घटेको हो । आज भेटिएका संक्रमितहरुमध्ये ११ जना सुर्यगढी गाउँपालिकाका रहेका छन् भने तीनजना लिखु गाउँपालिकाका रहेका छन् । त्यस्तै विदुर नगरपालिकामा एकजना संक्रमित भेटिएका छन् ।
नुवाकोटमा कोरोना संक्रमणबाट हालसम्म २१ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
जिल्लामा हालसम्म १३ हजार ४ सय ४४ जनाको पिसिआर परिक्षण गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु





प्रतिक्रिया