जसपा विवाद चरम उत्कर्षमा
 
		
	नुवाकोट । जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद चरम उत्कर्षमा पुगेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कदम समर्थन गर्ने र विरोध गर्ने दुई धारको विवाद उत्कर्षमा पुगेको हो । संविधानको धारा ७६ को ३ अनुसार नयाँ सरकार गठनका लागि अध्यक्ष महन्थ ठाकुर समूहले तटस्थ बसेर नै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सघाउ पुर्याएको थियो ।
यस्तै यो समूहले संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका क्रममा ओलीलाई समर्थन गरेको थियो । त्यसलगत्तै जसपाभित्र एक समूहले अर्को समूहलाई कारबाहीको शृङ्खला सुरु भएको छ । विवाद बढ्दै जाँदा अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको अनुशासनको कारबाहीको व्यवस्था अनुसार स्पष्टीकरण सोध्नुभएको छ । अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरित काम गर्दै हिँडेको भन्दै यादवलाई स्पष्टीकरण सोध्नुभएको हो ।
७ बुँदे स्पष्टीकरणमा लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई निष्काशन गर्नुको कारण, विपक्षी काँग्रेस र माओवादीसँग मिलेर सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाको माग गर्दै रिट दायर गर्न जानुको कारणलगायत विषयमा प्रश्न सोधिएको छ । पार्टीको विधानको दफा ४९ अनुसार अनुशासनको कारबाही सम्बन्धी व्यवस्था अनुसार सोधिएको स्पष्टीकरणको जवाफ ३ दिनभित्र पार्टी कार्यलयमा पठाउन समेत अध्यक्ष ठाकुरले आग्रह गर्नुभएको छ ।
नागरिकता विधेयक आएसँगै जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो सरकारमा सहभागी हुने तयारी गरिरहेका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई समूह विपक्षी गठबन्धनको साथमा रहेको छ । जसपाको उपेन्द्र यादव समूहले पनि यसअघि महन्थ ठाकुरसहित चार नेतालाई स्पष्टीकरण सोधेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया