कंगोमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३२ पुग्यो

विदुर खबर २०७८ जेठ ११ गते १६:१५

एजेन्सी । कंगोमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ३२ जना पुगेको छ ।

Advertisement

कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको आइतबार बताइएको थियो । तर पनि त्यसमा परेर कम्तीमा पनि ३२ जना स्थानीय नागरिकको मृत्यु भएको सो प्रान्तका प्रान्तीय सरकारका अधिकारीले जानकारी दिएका हुन् ।

उक्त पहाडमा ज्वालामुखी विस्फोट भएपछि त्यसबाट बाँच्नका लागि भाग्ने क्रममा धेरै जनाको ज्यान गएको बताइएको छ । कंगोका अधिकारीहरुले माउन्ट निरागोगोमा विस्फोट भएको र त्यस क्रममा उनीहरु सो क्षेत्रबाट भाग्न खोजेका थिए । यसरी भाग्ने क्रममा केही व्यक्ति दुर्घटनामा परेका थिए भने अरु केही जना सो क्षेत्रमा रहेको जेल तोडेर भाग्ने क्रममा ज्यान गएको थियो ।

Advertisement

सो विस्फोटमा परेर ज्यान जाने व्यक्तिको संख्या ३२ पुगेको र अधिकांशको दुर्घटनामा परेर मृत्यु भएको सो प्रान्तका प्रान्तीय अधिकारीले स्थानीय मिडियालाई जानकारी दिएका हुन् ।

 

Advertisement

प्रतिक्रिया