बोइलर कुखुराको मासुको भाउ लगातार घट्दै
नुवाकोट । निषेधाज्ञाका कारण बजारमा माग घट्दा बोइलर कुखुराको मासुको भाउ लगातार ओरालो लाग्न थालेको छ।
निषेधाज्ञाका कारण बढी खपत गर्ने होटेल तथा रेस्टुराँहरु बन्द रहेका कारण बोइलर कुखुराको मासुको माग ह्वात्तै घटेको छ। आमउपभोक्ताबाट कुखुराको मासु कम हुन थालेपछि भाउ लगातार ओरालो लागिरहेको राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले जनाएको छ।
संघका अनुसार पछिल्लो एक सातामै बोइलर कुखुराको भाउ प्रतिकेजी ५० रुपैयाँले घटेको छ। जिउँदो बोइलर कुखुराको मूल्य मंगलबार प्रतिकेजी २१० रुपैयाँ तोकिएको भने उपभोक्ता मूल्य ३१० रुपैयाँ कायम गरिएको छ।
यसअघि जिउँदो कुखुरामा प्रतिकेजी २३० रुपैयाँ र उपभोक्ता मूल्य ३३० रुपैयाँ तोकिएको थियो। अहिले बजारमा मागभन्दा बढी कुखुरा आपूर्ति भइरहेको संघले जनाएको छ। निषेधाज्ञाले गर्दा मासु खपत घटेपछि कतिपय किसान तथा व्यवसायीले मूल्य घटाएर बिक्री गर्न थालेको पाइएको छ।
गत वर्ष लकडाउनमा कुखुराको मासुको उपभोक्ता मूल्य घटेर प्रतिकेजी २५० रुपैयाँसम्म आइपुगेको थियो। मागमा निरन्तर कमी आएमा यसपालिको निषेधाज्ञामा अझै पनि बोइलर कुखुराको मासुको भाउ घट्न सक्ने संघले जनाएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा





प्रतिक्रिया