भुटानी शरणर्थाीलाई सघाउँदै अभिनेता दिलीप र रमित
नुवाकोट । पूर्वी मोरध्रको पथरींशनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरमा इन्टझांनेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको अग्रसरतामा अभिनेताद्वय दिलीप रायमाझी र रमित ढुंगानाले राहत वितरण गरेका छन्।
नेपालबाट अमेरिका पुगेका भुटानी शरणार्थीको टिमले सञ्चालन गरेको फाउन्डेसनले विभिन्न समयमा नेपालमा रहेका करिब ८ हजार भुटानी शरणार्थीलाई राहत वितरण गर्दै आएको छ।डिल्ली अधिकारीको नेतृत्व रहेको फाउन्डेसनले यसपटक शिविरमा मास्क र सेनिटाइजर वितरण गर्न फाउन्डेसनका नेपाल कार्यकारी निर्देशक तथा अभिनेता दिलिप रायमाझी, फाउन्डेसनका प्रबन्ध निर्देशक रुद्र बानियाँ लगायतको टिम अघिल्लो साता शिविरमा पुगेका थिए।
सोही अवसरमा शिविरमा खाद्यान्नको अभाव पनि महसुस गरेपछि फाउन्डेसनको टिम पुनः राहत लिएर शिविर पुगेको हो। अभिनेता दिलिप रायामाझी, फाउन्डेसनका गुडविल एम्बेसडर तथा अभिनेता रमित ढुंगाना, रुद्र बानियाँलगायतको टिमले १७ सय घर धुरीलाई खाद्यान्न वितरण गरेको हो।
प्रतिव्यक्ति १० केजी चामल, १ किलो नुन, १ लिटर तेल र १ किलो दालको दरले खाद्यान्न राहत वितरण गरिएको अभिनेता रायमाझीले जानकारी गराए। अघिल्लो वर्ष पनि यो फाउन्डेसनले करिब १ करोड २४ लाख नगदसहित खाद्यान्न वितरण गरेको थियो। सो राहत वितरणका लागि पनि अभिनेता दिलिप रायमाझी शिविरमा पुगेका थिए।फाउन्डेसनले शिविरमा रहेका ८० वर्ष काटेका वृद्धवृद्धालाई मासिक रुपमा वृद्धभत्ता र शारीरिक रुपमा अशक्त रहेकाहरुलाई अशक्त भत्ता प्रदान गर्ने निर्णयसमेत गरेको छ।
अभिनेता दिलिप रायमाझीले भुटानी शरणार्थीहरुलाई हरहमेशा सघाउने बताए। अभिनेता ढुंगानाले पनि भुटानी शरणार्थीहरुलाई सहयोग गर्न आफूहरु सदा तत्पर रहेको बताएका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया