सेयर बजारमा झिनो करेक्शन,नेप्से ६.४७ अंकले घट्यो

विदुर खबर २०७८ जेठ ११ गते १५:४३

नुवाकोट । सेयर बजारमा करेक्शन आएको छ । यससाता दैनिक नयाँ रेकर्ड बनाउँदै आएको बजारमा आज झिनो करेक्शन आएको हो ।

Advertisement

आज सेयर बजार मापक सूचक नेप्से ६.४७ अंकले घटेर २८१६.६० विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१९ कम्पनीको ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १०८ रुपैयाँ बराबरको २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटा समूहको परिसूचकमा हरियालीे छाएको छ भने ७ समूहको सूचक राताम्मे भएको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ४३१.५९ अंकले बढेको छ भने विकास बैंक समूह ५३.४८ अंकले घटेको छ ।

Advertisement

आज कारोबारमा आएका २१९ कम्पनीमध्ये १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको मूल्यमा गिरावट आएको छ । १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज अरुण काबेली पावरको सर्वाधिक कारोबार भएको छ । यसको ३३ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा एशियन लाइफ ३२ करोड र एचआइडीसीएल ३० करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

Advertisement

घट्दो बजारमा पनि ४ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । वरुण हाइड्रोपावर, माउन्टेन हाइड्रोपावर, युनिभर्सल पावर र घलेम्दी हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

यस्तै, दिव्यश्वरी हाइड्रोपावर, साधना लघुवित्त र आँखुखोला हाइड्रोपावरको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।
घट्दो बजारमा आज मल्टिप्रपोज फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ३.२२ प्रतिशत गुमाएका छन्

प्रतिक्रिया