ककनी गाउँपालिकामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

विदुर खबर २०७८ जेठ ११ गते १५:२१

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा गाउँपालिकाका १५ पुरुष र १३ महिलासहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै ककनी गाउँपालिकामा कोरोना संक्रमतिको संख्या एकसय १५ पुगेको छ ।

गाउँपालिकामा भेटिएका कुल संक्रमितमध्ये ७३ पुरुष र ४२ महिला रहेका छन् । गाउँपालिकाका मा अहिले ८० जना संक्रमित होम आइसोलेसनमा उपचार गरिरहेको ककनी गाउँपालिकाले जानकारी दिएको छ ।

Advertisement

ककनी गाउँपालिकामा अहिलेसम्म ५ सय ७७ जनाको पिसिआर परिक्षण गरिएको छ ।

प्रतिक्रिया