नेप्से हालसम्मकै उच्च अंकमा,लगानीकर्ताको उत्साह कायमै

विदुर खबर २०७८ जेठ १० गते १९:३६

नुवाकोट । सोमबार सेयर बजारमा लगानीकर्ताको उत्साह कायमै देखिएको छ ।

Advertisement

नेप्से परिसूचक ३.०७ अंकले बढेर हालसम्मै उच्च अंक २८२३.०७ अंकमा पुगेको छ । सोमबार नै प्रि-ओपनिङमा नेप्से २८४०.२१ अंकमा पुगेको थियो ।

सोमबार कारोबार संख्या र रकमका आधारमा पनि नयाँ कीर्तिमान कायम भएको छ । सोमबार कुल २ करोड ७१ लाख ४० हजार २०२ कित्ता सेयर १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८७ रुपैयाँ ८३ पैसामा कारोबार भएको छ । यसअघि कारोबारको उच्च संख्या २ करोड ५१ लाख २१ हजार ५५५ थियो भने कारोबार रकम ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४११ रुपैयाँ थियो ।

Advertisement

यो दिन ९० वटा कम्पनीको सेयर मूल्य बढ्दा ११० वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

सबैभन्दा बढी सेयर मूल्य बढ्ने कम्पनीमा बरुण हाइड्रोपावर कम्पनी, युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, ग्रीन डेभलपमेन्ट बैंक, अरुण भ्याली र एचआइडीसीएल, छन् ।

Advertisement

त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा एक्सेल डेभलपमेन्ट बैंक,गुडविल फाइनान्स, सेन्ट्रल फाइनान्स, मिथिला लघुवित्त र सिन्धु डेभलपमेन्ट बैंक छन् ।

उपसमूहततर्फ लगानी समूहमा १.३७ प्रतिशत, म्यूचुअल फण्डमा ०.६३ प्रतिशत, निर्जीवन बीमा १.३९ प्रतिशत, डेभलपमेन्ट बैंकमा ०.१८ प्रतिशत र बैंकिङ उपसमूह ०.२२ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया