निषेधाज्ञा पालना नगर्नेलाई एक बर्षसम्म कैद र पाँच लाख जरिवाना

विदुर खबर २०७८ जेठ १० गते १९:३०

नुवाकोट । सरकारले जारी गरेको निषेधाज्ञा पालना नगर्ने व्यक्तिलाई एक बर्षसम्म कैद र पाँचलाखसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्ने भएको छ ।

Advertisement

सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले  एक सूचना जारी गर्दै सरकारले जारी गरेको कोभिड संकट व्यवस्थापन अध्यादेशको पालना नगरे यस्तो सजाय हुने सक्ने जनाएको हो ।

अध्यादेश बमोजिम आदेश पालना गर्नुपर्ने र नगरेमा एकलाख रुपैयासम्म र कुनै संस्थाले उल्लंघन गरेमा पाँचलाख रुपैयाँसम्म प्रमुख जिल्ला अधिकारीबाट तत्काल जरिवाना हुनसक्ने समेत सूचनामा उल्लेख छ ।

Advertisement

मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपैयाँ, बिना काम बाहिर निस्किए पटकै पिच्छे २ सय रुपैयाँ, अत्यावश्यक बाहेकका सवारी साधन चलाएमा दुई पांग्रे सवारी साधन भए पटकैपिच्छे २ हजार रुपैयाँ, अन्य सवारी साधन भए पटकैपिच्छे ५ हजार रुपैयाँ जरिवाना गर्ने उल्लेख छ ।

 

Advertisement

प्रतिक्रिया