त्रिशुली र रसुवा अस्पताललाई वान हार्ट वल्डवाइडद्धारा अक्सिजन सिलिन्डर हस्तान्तरण
विदुर खबर
२०७८ जेठ १० गते १६:४८

नुवाकोट । वान हार्ट वल्डवाइडले नुवाकोटको त्रिशुली अस्पताल र रसुवा अस्पताललाई अक्सिजन सिलिन्डर वितरण गरेको छ ।
सोमबार दुबै जिल्लाको अस्पताल पुगी संस्थाका जिल्ला संयोजक महमद अस्लम शैख र फिल्ड सुपरभाइजर सजना पण्डितले त्रिशुली अस्पतालका अस्पताल व्यवस्थापन अधिकृत रिकेश राना र रसुवा अस्पतालका निमित्त मेशु भवानी केशीलाई १०÷१० ओटा सिलिन्डर हस्तान्तरण गरेका हुन् ।
कोभिड संक्रमित विरामीको उपचार तथा अक्सिजन सहजताको लागि अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको संस्थाका जिल्ला संयोजक मोहम्मद शैखले बताए ।
सम्बन्धित
प्रतिक्रिया