नेको इन्स्योरेन्सको लाभांश घोषणा

विदुर खबर २०७८ जेठ १० गते १०:५५

नुवाकोट । नेको इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

Advertisement

कम्पनी संचालक समितिको आइतबार बसेको बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई १५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद गरी कुल १६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।

Advertisement

प्रतिक्रिया