एचआईडिसिएललाई हकप्रद निष्काशन गर्न बाेर्डकाे अनुमति

विदुर खबर २०७८ जेठ १० गते १०:४९

नुवाकोट ।  नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल)  लाई हकप्रद शेयर निष्काशन अनुमति दिएकाे छ ।

Advertisement

म्पनीलाई १ बराबर १ अनुपातमा हकप्रद निष्काशन गर्न बोर्डले जेठ ९ गते आइतबार अनुमति दिएकाे हो। कम्पनीले प्रति कित्ता १०० अंकित दरका ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।

हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले चैत १२ गते बोर्डमा आवेदन दिएको थियाे।

Advertisement

प्रतिक्रिया