नुवाकोटमा प्रधानमन्त्रिको पुत्ला जलाइयो

विदुर खबर २०७८ जेठ १० गते ८:०५

नुवाकोट । नुवाकोटमा प्रतिनिधिसभा विघटन विरुद्ध नेपाल कम्युनिष्ट पार्टी माअ‍ोवादी केन्द्र निकटका युवाहरुले प्रधानमन्त्रि के.पी ओलिको पुत्ला जलाएका छन् ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैर संवैधानिक बताउँदै माओवादी केन्द्र निकटका योङ कम्युनिष्ट लिग (वाईसीएल) को आयोजनामा आईतवार राती जिल्लाको १२ वट्टै स्थानिय तह तथा वडाहरुमा मसाल जुलुस सहित प्रदर्शन तथा पुत्ला जलाइएको हो ।

प्रधानमन्त्रि केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीले असंवैधानिक कदममार्फत संसद विघटन गरेको भन्दै वाइसीएल नेपाल प्रदेश ३ को निर्देशन मुताविक जिल्लाको १२ वट्टै स्थानिय तहमा मसाल सहित प्रधानमन्त्रिको पुल्दा दोहन गरेको वाइसीएल नुवाकोटका जिल्ला संयोजक दिनेश बोगटीले जानकारी दिए ।

Advertisement

सोही अवसरमा आयोजित कोण सभामा बोल्दै वाईसीएल नुवाकोटका जिल्ला संयोजक बोगटीले प्रधानमन्त्री केपी ओलीले चालेको असंबैधानि कदमले संघीय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पारेको आरोप लगाए । उनले प्रधानमन्त्रीले जनमतको अपमान गरेको र राष्ट्रपती विद्यादेबी भण्डारी केपी ओलीको रबर छाप बनेको आरोप लगाए ।

प्रर्दशनमा सहभागीहरुले ओलीको कदम शाही र मण्डले भन्दा पनि निकृष्ट भएको बताउँदै लोकतान्त्रिक व्यवस्थाको बिरुद्धमा भएको कदम संच्याउन निरन्तर आन्दोलन गर्नुपर्ने बताए ।

Advertisement

पुत्ला जलाएपछि केही समय प्रदर्शन गर्दै कार्यकर्ताहरुले ‘संसद विघटनको असंवैधानिक कदम खारेज गर’, संसद विघटन फिर्ता गर’, ‘सर्वसत्तावादी कदम खारेज मूर्दावाद’, केपी ओली मूर्दाबाद जस्ता नारा लगाएका थिए ।

प्रतिक्रिया