मनाङ्गेले लिए खेलकुद मन्त्रीको सपथ

विदुर खबर २०७८ जेठ ९ गते १५:०८

नुवाकोट ।  गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गे भनेर चिनिने राजीव गुरुङले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।

Advertisement

सत्ताको रस्साकस्सीमा आफूलाई स्वतन्त्र दाबी गरिरहेका मनङ्गेलाई वैशाख १६ गते समाजिक विकास मन्त्रालय फुटाएर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री बनाएका थिए ।

शाख २६ गते मुख्यमन्त्रीले राजीनामा दिएसँगै ११ दिनमै गुमेको उनको पद २९ गते ठूलो दलको नेताको हैसियतमा पृथ्वीसुब्बा फेरि मुख्यमन्त्रीमा बाहाली भएपछि जेठ ५ मा मनाङलाई खेलकुद मन्त्रीमा दोहोर्‍याएका थिए ।

Advertisement

७ मन्त्रालय रहेको गण्डकीमा मनाङ्गेलाई मन्त्री बनाउँदै मन्त्रालयका संख्या ८ पुर्‍याएर मुख्यमन्त्री गुरुङले ११ मन्त्रालय बनाएर मन्त्रीलाई जिम्मेवारी बाँडफाँड गरेका छन् ।

५ गते नै किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल, नरदेवी पुन र मनाङलाई मुख्यमन्त्री गुरुङले फेरि मन्त्री नियुक्त गरेका थिए । मनाङ्गेले ५ गते काठमाडौं रहेकाले सपथ लिएका थिएनन् ।

Advertisement

किरण गुरूङलाई अर्थ र मनाङ्गेलाई बाहेक सपथ खुवाउँदा बाँकीलाई बिनाविभागी मन्त्रीको रुपमा सपथ खुवाइएको थियो । बेलुका सबै मन्त्रीलाई अन्य मन्त्रालयसमेत गर्ने गरी जिम्मेवारी तोकिएको थियो । मुख्यमन्त्रीसहित ६ मन्त्रीले अहिले ११ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।

 

प्रतिक्रिया