सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढ्यो
विदुर खबर
२०७८ जेठ ९ गते १३:३८

नुवाकोट । सुनकाे भाउ आज तोलामा तीन सय रुपैयाँ बढेको छ ।
शुक्रवार तोलाको ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनकाे भाउ आज तीन सय रुपैयाँ बढेर तोलाको ९३ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
आज चाँदीको भाउ घटेको छ । शुक्रवार तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच रुपैयाँ घटेर तोलाको १३ सय ४५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया