चुनावबाट पछि हट्न मलाई थर्काइयो, भ्वाइस रेकर्ड राखेको छु : डा. देवकोटा
नुवाकोट । राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले चुनावबाट पछि हट्न आफूलाई कसैले फकाएको र कसैले थर्काएको बताएका छन् । केहीको आवाजको रेकर्ड नै राखेको बताउँदै उनले आवश्यक परेमा नाम पनि भन्ने बताएका छन् ।
राष्ट्रियसभा निर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पराजित गरेका देवकोटाले सामाजिक सञ्जालमा देवकोटाले लेखेका छन्, ‘व्यक्तिगत रुपमा मलाई चुनावबाट ब्याक हुन धेरै जनाले फकाए÷थर्काए, समयक्रममा आवश्यक परेमा नाम भन्दै गरौंला । कसैकसैको त भ्वाइस रेकर्ड नै राखेको छु ।’
आफू विचलित भएको भए आफ्नो मात्र नभई आफूजस्ता स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको इज्जत प्रतिष्ठा जाने थियो भन्दै उनले तर आफू अडिग रहेको बताएका छन् ।
उनले लेखेका छन्, ‘लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले हामीजस्ताबाट केही सिक्दा राम्रै होला । बोलेपछि, सही गरेपछि, वचनवद्ध भएपछि पूरा गर्नुपर्दछ ।’
देवकोटा राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस, माओवादी, एमाले (माधव नेपाल समूह) र जसपाको उपेन्द्र यादव पक्षबाट साझा उम्मेदवार बनेका थिए । उनले एमालेको आधिकारिक उम्मेदवार गृहमन्त्री थापालाई १ हजार ७४ मतले पराजित गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया