संसद विघटनविरुद्ध रिट हाल्न सिंहदरबारमा हस्ताक्षर संकलन सुरु
विदुर खबर
२०७८ जेठ ९ गते १३:२०
नुवाकोट । सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनले विघटित संसदका सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीमा हस्ताक्षर गरेका निवर्तमान सांसदहरुलाई हस्ताक्षरका लागि सिंहदरबार बोलाइएको छ । सबैको हस्ताक्षर संकलन गरेर संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने विपक्षी गठबन्धनको तयारी छ ।
माओवादी केन्द्रका नेता शक्ति बहादुर बस्नेतले कांग्रेस, माओवादी, लगायत पार्टीका सांसदहरुको छुट्टाछुट्टै हस्ताक्षर संकलन हुने र त्यसपछि संयुक्त बैठक बसी सर्वोच्च आज या भोलि जाने तय हुने बताए ।
‘कांग्रेस, माओवादी, लगायत पार्टीका सांसदहरुको छुट्टाछुट्टै हस्ताक्षर संकलन हुन्छ । त्यसपछि संयुक्त बैठक बस्छ र सर्वोच्च जाने कुरा आज या भोलि भन्ने तय हुन्छ।’ नेता बस्नेतले भने ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया