समोसा खाँदै हुनुहुन्छ सावधान ! समोसामा भ्यागुतो भेटियो
महोत्तरी, महोत्तरीमा समोसा भित्र भ्यागुतो भेटिएको छ । त्यहाँका अधिकांश होटेलहरुमा गुणस्तरहिन खाद्य सामग्री भेटिने गरिएपनि नियमन निकाय मौन बस्दा उपभोत्ताहरु ठगिन बाध्य भएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रक विभाग र जिल्ला प्रशासन कार्यालयलगायतको फितलो अनुगमनले उपभोक्ताहरु खाद्य तथा अन्य सामग्रीहरु खरिद गर्दा ठगिने गरेका हुन ।
गौशाला नगरपालिकास्थित शिव मिष्ठान भण्डारमा तयार पारिएको समोसा एक कार्यक्रमका आगन्तुकलाई खान दिइएकोमा मरेको भ्यागुतो फेला परेको थियो । तत्कालै ईलाका प्रहरी कार्यालय गौशालामा खबर गरेर होटेल सञ्चालकलाई नियन्त्रणमा लिएपनि कारवाही गर्ने आधिकारिक निकाय आफुहरु नभएको भन्दै स्थानीय उद्योग वाणिज्य संघको रोहवरमा उनलाई कागज गराएर छोडिएको थियो ।
यता महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बजारमा गुणस्तहिन सामग्रीको विगविगी हुन थालेको रिपोर्ट आफु कहाँ आइरहेकाले तत्काल अनुगमनको पाटो प्रभावकारी बनाउन सबै इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतहरुलाई निर्देशन दिइसकेको बताउनुभयो ।
उहाँले हाल अनुगमनको पाटो स्थानीय निकायले हेर्ने भएपनि बजारमा गुणस्तरहिन सामग्रीको विगविगी वढ्न थालेकोले स्थानीय प्रशासन समेत चुप लागेर वस्न नमिल्ने भन्दै जनप्रतिनिधी, उद्योग वाणिज्य र सञ्चारकर्मीलगायतका निकायसँग समन्वय र छलफल गरी प्रसासन कारवाही पक्रिया अगाडि बढाउने बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया