समोसा खाँदै हुनुहुन्छ सावधान ! समोसामा भ्यागुतो भेटियो

विदुर खबर २०७५ साउन १७ गते २:०१

महोत्तरी, महोत्तरीमा समोसा भित्र भ्यागुतो भेटिएको छ । त्यहाँका अधिकांश होटेलहरुमा गुणस्तरहिन खाद्य सामग्री भेटिने गरिएपनि नियमन निकाय मौन बस्दा उपभोत्ताहरु ठगिन बाध्य भएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रक विभाग र जिल्ला प्रशासन कार्यालयलगायतको फितलो अनुगमनले उपभोक्ताहरु खाद्य तथा अन्य सामग्रीहरु खरिद गर्दा ठगिने गरेका हुन ।

Advertisement

गौशाला नगरपालिकास्थित शिव मिष्ठान भण्डारमा तयार पारिएको समोसा एक कार्यक्रमका आगन्तुकलाई खान दिइएकोमा मरेको भ्यागुतो फेला परेको थियो । तत्कालै ईलाका प्रहरी कार्यालय गौशालामा खबर गरेर होटेल सञ्चालकलाई नियन्त्रणमा लिएपनि कारवाही गर्ने आधिकारिक निकाय आफुहरु नभएको भन्दै स्थानीय उद्योग वाणिज्य संघको रोहवरमा उनलाई कागज गराएर छोडिएको थियो ।

यता महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बजारमा गुणस्तहिन सामग्रीको विगविगी हुन थालेको रिपोर्ट आफु कहाँ आइरहेकाले तत्काल अनुगमनको पाटो प्रभावकारी बनाउन सबै इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतहरुलाई निर्देशन दिइसकेको बताउनुभयो ।

Advertisement

उहाँले हाल अनुगमनको पाटो स्थानीय निकायले हेर्ने भएपनि बजारमा गुणस्तरहिन सामग्रीको विगविगी वढ्न थालेकोले स्थानीय प्रशासन समेत चुप लागेर वस्न नमिल्ने भन्दै जनप्रतिनिधी, उद्योग वाणिज्य र सञ्चारकर्मीलगायतका निकायसँग समन्वय र छलफल गरी प्रसासन कारवाही पक्रिया अगाडि बढाउने बताउनुभयो ।

प्रतिक्रिया