सिंगटीको बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिदै, एक अर्ब लागत थपियो
नुवाकोट । दोलखाको सिंगटी खोलामा निर्माण भएको सिंगटी जलविद्युत आयोजनाले राष्ट्रिय प्रसारणमा २५ मेगावाट थप्ने भएको छ। निर्माण पूरा भएको १५ महिना बितिसक्दा पनि राष्ट्रिय प्रसारणलाइनमा जोडिन नपाएको आयोजना अब अन्तिम तयारीमा छ।
२०७६ फागुनमा नै आयोजनाको विद्युत उत्पादन संरचना तयार भए पनि प्रसारणलाइन समयमा नबन्दा उत्पादित विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोडिन नपाएको हो।
आयोजनाबाट उत्पादित विद्युत सिंगटी-लामोसाँघु (४० किलोमिटर) १३२ केभी प्रसारणलाइनमार्फत् राष्ट्रिय प्रसारणलाइनमा जोड्ने योजना थियो। तर नेपाल विद्युत प्राधिकरणले प्रसारणलाइन समयमा बनाउन सकेन। जसका कारण आयोजना पूरा भएयता १ अर्ब रुपैयाँभन्दा बढी क्षति व्यहोर्नुपरेको सिंगटी हाइड्रो इनर्जी प्रालिका कार्यकारी निर्देशक गणेश कार्कीले बताए। उनका अनुसार प्रसारणलाइन नबन्दा मासिकरूपमा १० करोड रुपैयाँभन्दा बढी क्षति व्यहोरिरहनु परेको छ।
योजना अनुसार काम भएको भए गत चैतमा नै प्रसारणलाइन निर्माण गरिसक्नुपर्ने हो। तर कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन जारी गरेका कारण काम हुन सकेन। निर्माण जिम्मा पाएको भारतीय कम्पनीले विभिन्न बहानाबाजी गरेर काममा ढिलासुस्ती गर्यो। स्थानीयको अवरोधले पनि आयोजनाले गति लिन सकेन।
प्रसारण लाइन बन्न समय लाग्ने भएपछि आयोजना आफैंले कामदार खटाएर काम अघि बढाएको छ। ‘जति ढिला भयो हामीलाई त त्यति नै घाटा हुँदै जान्छ। बरु केही खर्च होस् भनेर हामीले हाम्रा कामदार खटाएर काम गरिरहेका छौं,’ निर्देशक कार्कीले भने,’कुनै समस्या नआए ७/१० दिनमै प्रसारणलाइन जोड्ने योजना छ।’
यो सुपरफिक्स प्रोजेक्ट हो। यस्तो प्रकारको आयोजनामा कडा प्रावधान राखिएको हुन्छ। निर्माणका लागि तोकिएको अवधिमा नसकिएमा आयोजनाले २८ प्रतिशत पेनाल्टी तिर्नुपर्छ। आयोजना सकिएर प्रसारणलाइनका कारण रोकिए विद्युत प्राधिकरणले ४५ प्रतिशत पेनाल्टी तिर्नुपर्छ। परीक्षण गरिएको ६ महिनापछि मात्रै यो नियम लागु हुन्छ। आयोजनाले करिब ३ वर्ष लगाएर समयमा नै काम पूरा गरेको जनाएको छ।
सिंगटीले आयोजना निर्माण पूरा भएपछि परीक्षण गरिदिन प्राधिकरणलाइ आग्रह गरेको थियो। तर प्राधिकरण पेनाल्टी तिर्नुपर्ने भन्दै परीक्षण नै गरिदिएन। आयोजना सकिएको १५ महिना बितिसके पनि २ महिना पहिले मात्रै परीक्षण गरिएको छ। ‘हामीले धेरैपटक पत्राचार गर्यौं। उहाँहरुले गरिदिनुभएन के गर्न सकिन्छ र ?,’ कार्कीले भने,’नबनेको अवस्थामा क्षतिपूर्ति खोज्ने हो। अन्तिम चरणमा छ, अब राष्ट्रिय प्रसारण लाइनमा जोडिन्छौं। त्यसैमा फाइदा छ।’
कम्पनीले प्रसारणलाइनमा समेत करिब २ करोड रुपैँया खर्च गरेको छ। टावर बनाउने, तार तान्ने लगायतका काममा खर्च गरेको हो। यो प्रसारणलाइनमा १ सय २४ वटा टावर छन्। जसमध्ये एउटा मात्रै टावर बनाउने काम बाँकी छ। अरु तार तान्ने लगायतका सबै काम सकिसकेको कार्कीको भनाइ छ। उक्त टावर तयार हुनेबित्तिकै सिंगटीको २५ मेगावाट विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोडिने छ। दोलखाका सिंगटी खोला र तामाकोशी नदी बेसिनमा निजी क्षेत्रका निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजको विद्युत् प्रणालीमा प्रवाह गर्न सिंगटी-लामोसाँघु प्रसारण लाइनको निर्माण भइरहेको हो।
प्रसारण लाइनको निर्माण आर्थिक वर्ष २०६५/६६ मा सुरु गरिएको थियो। निर्माणको जिम्मा पाएको भारतीय कम्पनी अरावली इन्फ्रापावरले आर्थिक संकट देखाउँदै काममा ढिलाइ गरेको थियो। त्यसपछि नेपाली कम्पनीलाइ कामको जिम्मेवारी दिइएको थियो।
आयोजना निर्माणका लागि करिब ५ अर्ब ५० करोड रुपैयाँ खर्च भएको छ। सिभिल बैंकको नेतृत्वमा ९ वटा बैकहरुको लगानीमा यो आयोजना पूरा गरिएको हो। आयोजनाको प्रतिमेगावाट लागत करिब २२ करोड रुपैयाँ छ। आयोजनाले वार्षिक ७२ करोड रुपैयाँ बराबरको विद्युत बेच्ने लक्ष्य लिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने
माघ पहिलो साता मेयर बालेनले राजीनामा दिने
कांग्रेसमा नयाँ नेतृत्व छान्दा पार्टी फुट्ने डर
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु





प्रतिक्रिया