त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पाण्डेलाई कोरोना संक्रमण

विदुर खबर २०७८ जेठ ९ गते ८:०३

नुवाकोट ।नुवाकोट – कोभिड-१९ विरुद्ध अग्रपङ्क्तिमा रहेर बिरामीको उपचार र व्यवस्थापनमा सक्रिय त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर दिपेन्द्र पाण्डे कोरोना संक्रमित भएका छन् ।

Advertisement

शनिबार डा. पाण्डेको पिसिआर परीक्षणमा कोभिड-१९ पोजेटिभ देखिएको हो । डा. पाण्डे वरिष्ठ आर्थोपेडिक सर्जनको साथै सरकारी चिकित्सक संघ (गोडान)का निवर्तमान अध्यक्ष हुन् ।

मुलुककै उत्कृष्ट सरकारी अस्पतालको रुपमा त्रिशुली अस्पताललाई स्थापना गर्न सफल भएका थिए । साथै राजधानी बाहिरको त्रिशुली अस्पताल पछिल्लो समय सुधारात्मक कार्यहरु भएका छन् । जसका कारण कोभिड-१९ का कतिपय बिरामी काठमाडौं, रसुवा र धादिङका नागरिकहरु आईसीयु नपाएपछि त्रिशुली अस्पताल समेत पुगेर उपचार गर्न थालेका छन् ।

Advertisement

यस्तै, डा. पाण्डेले सरकारी अस्पतालको कोभिड बेड सम्बन्धि पूर्ण रुपमा जानकारी दिने नेपालकै पहिलो अनलाईन प्रणालीको संचालनमा ल्याएका थिए । अनलाईनबाटै अस्पतालमा के कति बेड खाली रहेको छ? के कति बिरामी कुन स्थितिमा उपचारत छन्? र कोभिड सम्बन्धि जानकारी पाउन सकिने संयन्त्र व्यवस्थापन गरेका थिए । अस्पतालको अनलाईन हेर्न यहाँ क्लिक गर्नुहोला ।

अस्पतालको आफ्नै अक्सिजन प्लान्ट छ । ५० शय्याको अस्पतालले कोभिड-१९ को संक्रमण बढेपछि ३० शैया थप गरेर कोभिड बिरामीको उपचार गरिरहेको छ । हाल अस्पतालमा ६५ जना कोभिड-१९ संक्रमित उपचार भइरहेको छ । जसमध्ये ६ जना आईसीयु र चार जना भेन्टिलेटरमा छन् ।

Advertisement

प्रतिक्रिया