संसद विघटनको प्रतिवाद सबै राजनीतिक दल मिलेर गरौं : अर्जुननरसिंह केसी
नुवाकोट । सबै राजनीतिक दलले मिलेर संसद विघटनको प्रतिवाद गर्नुपर्ने नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बताएका छन्।
मध्यरातमा भएको मध्याबधी घोषणालाई कोतपर्बको अर्को शृंखलाको संज्ञा दिँदै नेता केसीले यसको विरुद्ध राजनीतिक र कानुनी दुवै लडाइँ लड्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री र राष्ट्रपतिको कदम संविधान र लोकतन्त्रमाथि कै प्रहार भएको उनको भनाइ छ।
प्रतिनिधिसभा विघटनले अराजकता, अस्थीरता र निरंकुशता प्रारम्भ गर्ने भन्दै कोरोनाको यो महामारीबीच निर्वाचनको सम्भावना नै नरहेको बताएका छन्।
यस्तो अवस्थामा चुनावको घोषणा गर्नु भनेको कोरोनाको तेस्रो लहरको मारमा जनतालाई धकेल्ने कुचेष्टा भएको उनको भनाइ छ। ।
नेपाली कांग्रेस चुनावदेखि नडराउने भन्दै उनले विधिसंगत हुने चुनावलाई सधैं स्वीकार्ने बताए।
अहिले चुनावको नाममा हुने अनावश्यक खर्च खोप खरिदमा लगाउनु पर्नेसमेत उनको भनाइ छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग





प्रतिक्रिया