भारतीय दूतावासमा राजेन्द्र महतो
विदुर खबर
२०७८ जेठ ८ गते १२:५५

नुवाकोट । जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता राजेन्द्र महतो शनिबार बिहानै लैनचौरस्थित भारतीय दूतावास पुगेका छन्।
उनी बिहान पौने ११ बजे भारतीय दूतावास पुगेको स्रोतले जनाएको छ । यसअघि उनी जसपाका अध्यक्ष महन्थ ठाकुरसहित भारतीय दूतावास पुगेका थिए ।
देशमा राजनीतिक खिचातानी चलिरहेको अवस्थामा जसपाका नेताले लगातार भारतीय दूतावासमा चक्कर लगाइराख्नुलाई अर्थपूण रुपमा हेरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया