संसद विघटनपटि औपचारिक र अनौपचारिक छलफलमा
नुवाकोट ।प्रतिनिधि सभा विघटन भएर मध्यावधि चुनाव घोषणा भएसँगै राजनीतिक दलहरु औपचारिक र अनौपचारिक छलफलमा जुटेका छन् ।
गएराति राष्ट्रपति विद्यादेवी भण्डारीले कार्तिक २६ र मंसिर ३ गते प्रतिनिधि सभाको चुनाव गर्ने मिति तोकेर प्रतिनिधि सभा विघटन गर्नुभएको छ । त्यसबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको आकस्मिक बैठक बोलाउनुभएको छ ।
देउवा निवास बुढानिलकण्ठमा केहीबेरमा बैठक सुरु हुने कांग्रेसका नेताहरुले बताएका छन् । यस्तै नेकपा माओवादी केन्द्रले पनि उत्पन्न परिस्थितिबारे बिहानैदेखि आन्तरिक छलफल सुरु गरेको छ ।
उत्पन्न राजनीतिक परिस्थितिबारे आफूहरु बिहानैदेखि औपचारिक र अनौपचारिक छलफलमा जुटेको नेता देव गुरुङले जानकारी दिनुभयो ।
यस्तै जनता समाजवादी पार्टीका नेताहरु पनि बिहानैदेखि छलफलमा जुटेका छन् । जसपाले आज बिहान ११ बजेका लागि कार्यकारिणी बैठक डोकेको र बैठकले थप निर्णय गर्ने नेता राजेन्द्र श्रेष्ठले बताउनुभयो । जसपामा अध्यक्ष महन्थ ठाकुर समूह तटस्थ बस्दा वैकल्पिक सरकार बनाउन विपक्षी गठबन्धनलाई समस्या भएको थियो ।
यस्तै नेकपा एमालेले पनि औपचारिक र अनौपचारिक छलफल सुरु गरेको छ । आज बेलुकासम्म अब कसरी अघि बढ्ने भन्नेबारे केही निर्णय आउने एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो। यस्तै अब कसरी अघि बढ्ने भन्नेबारे एमालेको खनाल-नेपाल समूहले पनि छलफल गर्दै छ ।
बिहान ११ बजे छलफलको समय तय भएको र अब कसरी अघि बढ्ने भन्नेबारे केही निर्णय गरिने खनाल-नेपाल समूहका नेता घनश्याम भुषालले जानकारी दिनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला





प्रतिक्रिया