प्रचण्डका घरवेटी अधिकारी फेरि भागे, सरकारलाई असहयोग गर्ने नाममा नुवाकोटेमाथि पीडा

विदुर खबर २०७८ जेठ ७ गते १२:१५

नुवाकोट । नेकपा (माओवादी)केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरेवेटी शारदाप्रसाद अधिकारी नुवाकोटको सडक निर्माणको काम छाडेर फेरि टाप कसेका छन ।

Advertisement

काठमाडौँ-नुवाकोट-रसुवाको पासाङ ल्हामु राजमार्गको बालाजु-रानीपौवा खण्डको काम छाडेर अघिकारी टाप सकेका हुन । भारतीय ठेकेदारसँगको जेभीमा अधिकारीको शैलुङ कन्स्ट्रक्सनले काम गरिरहेको सडक करिब एक दशकदेखि अलपत्रमा अस्वथामा पुगेको छ । काम सुरू गरेको तीन वर्षमा सकिने भनेर नागरिकको बीचमा सन्देश प्रवाह गरिएको भए पनि सरकारलाई असहयोग गर्ने नाममा उनले ठेक्का हत्याउने र काम नगर्ने गरेका छन । देशैभर उनले ठेक्क लिएका निर्माणका काम कही पनि राम्रोसँग अघि बढ्न सकेको छैन ।

ठेकेदार अधिकारीलाई कारबाहीको माग गर्दै पीडित उपभोक्ताले सयौँ पटक आन्दोलन समेत गरेका छन । कतिपय अवस्थामा जनताको आँखामा छारो हाल्न राजनीतिक दलका नेताहरूले पनि आन्दोलन गरेजस्तो गरेका छन । यद्यपी उनीहरूले दबाब दिने हो भन्ने सडकको काम तीव्र गतिमा हुन्छ भन्ने आशा नागरिकमा अझै पनि रहेको छ ।

Advertisement

सडक स्तरोन्तीका नाममा भत्काएर छाडिएपछि समयमा उपचार नपाउँदा तीन दर्जन बढी नुवाकोटका नागरिकले अकालमा ज्यान गुमाएका छन । वर्षाका समयमा त उक्त सडकमा गाडी नचलेर खट र स्ट्रेचरमा बिरामी बोकेर नुवाकोटबाट काठमाडौँ ल्याउँदै गरेको दृष्यहरू सञ्चारमाध्यममा देख्न पाइन्छ ।

पछिल्लो समयमा नुवाकोट एमाले नेताहरू र स्थानीयहरूले बाटो नै अवरूद्ध गरेर आन्दोलन चलाएपछि केही काम भएको जस्तो देखिएको थियो । यद्यपी पछिल्लो साता सडकमा ठेकेदारका कामदार शून्य भएका छन । अहिले पूर्ण रूपमा काम बन्द भएको छ । यस्तो कामहरू गर्न निषेधाज्ञाको बीचमा पनि सरकारले रोकेको छैन । तर अघिकारी बहाना बनाएर भागेका छन । उनले असारसम्ममा बालाजुदेखि रानीपौवासम्मको सडक कालोपत्रे नै गर्छु भनेर सडका आयोजनामा यसअघि प्रतिवद्धता जनाएका थिए ।

Advertisement

सरकारको पटक पटक ध्यानाकर्षण गराउँदा समेत सडकमा काम भएको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङसँग नुवाकोटका सबै सांसदले मन्त्रालयमै पुगेर सडक निर्माणको सुस्तता हटाइदिन अनुरोध गरेपछि यसअघि उक्त सडकको आयोजना प्रमुख भएर ठेकेदारसँग कमिसन खाएर कुनै ताकेता समेत नगरी बसेका निरज शर्माको सरूवा भएको थियो । यद्यपी नयाँ आएका आयोजना प्रमुख पनि सडक निर्माणको काममा त्यति सक्रिय भएको देखिएको छैन ।

सडक स्तरोन्तीका नाममा बर्षौदेखि अलपत्र पारेपछि कतिपय नुवाकोटका नागरिक अस्थायी रूपमा काठमाडौँमा विस्थापित भएका छन । सडक राम्रो नभएपछि उनीहरू शहरमा छोराछोरीसँग बसिरहेका छन । त्यस्ता नगरिक पनि सयौँको संख्यामा रहेको र उनीहरूको सडक निर्णमाको पर्खाइमा रहेको नेकपा एमाले नुवाकोटका सचिव एवं ककनी गाउँपालिकाका स्थानीय काशिराज अधिकारी बताउनुहुन्छ । बिरामी हुँदा र गाह्रो साँघुरो हुँदा काठमाडौँ पुगिहाल्न सडकका कारणा समस्या भएपछि देशकै राजाधानीबाट एक घण्टाको दूरीमा रहेको नुवाकोटमा त्यस्तो कुनै आकर्षण देखिएको छैन ।

सोही सडकका कारण पर्यटकहरू नगरकोटसँगै विकास भएको पर्यटकीय स्थल ककनी जान पाएका छैनन् । ककनीमा सातामा एक हजार भन्दा बढी पर्यटक पुग्ने गरेको ककनीमा अहिले एक सय जाना पनि पर्यटक पुग्न कठिन रहेको सचिव अधिकारी बताउनुहुन्छ । उहाँले अब पनि ठेकेदर अधिकारी भागेर हिडेँ सरकारलाइ दबाब दिएर ठेक्का तोड्न लगाइ नयाँ ठेकेदार नियुक्त गरेर काम गराउने बताउनुहुन्छ । उहाँले भन्नुभयो ‘सरकारलाई असहयोग गर्ने वा अन्य केही उहाँका समस्या भए उहाँसँगै होस तर अब पासाङ्ल्हामु राजमार्गको काम अघि नबढाए जनस्तरबाटै ठेकेदरमाथि कारबाही हुन्छ ।’

प्रतिक्रिया