बैकिङ समुहको सेयर मुल्य किन बढेन ?
नुवाकोट । कोभिड–१९ का कारण उत्पन्न असहज अवस्थाले देशको समग्र अर्थतन्त्रमा प्रतिकूल स्थिति सिर्जना भएको छ ।
तर, शेयर बजारलाई भने देशमा जारी संक्रमणको बढ्दो ग्राफ तथा निषेधाज्ञा जस्ता विषयले असर गरेको देखिँदैन ।नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दिनहुँजस्तै नयाँ–नयाँ रेकर्ड कायम हुँदै गएको छ । शेयर बजारमा देखिएको लगानीकर्ताको आकर्षणले देशको दुखद् अवस्थामा केही हदसम्म भए पनि महलम लगाएको यस क्षेत्रका जानकारहरूको भनाइ छ ।
तर, अर्थतन्त्रका अधिकांश सूचक ओरालो गतिमा रहेको पृष्ठभूमिमा पुँजी बजारमा देखिएको चाप कति सकारात्मक छ भन्ने प्रश्न पनि सँगै उब्जिएको छ । आर्र्थिक गतिविधि ठप्प रहेको अवस्थामा लगानी गर्ने अन्य विकल्प नहुँदा लगानीकर्ताले निकास खोजेको हो वा लगानीकर्ताको चेतना बढेको छ ।
अथवा हल्लाको पछाडि दौडिनेको भीड देखिएको हो यी अझै निक्र्यौल हुन सकेको छैन । तथापि, पुँजी बजारप्रति आम लगानीकर्ताको प्रवेश भने अहिलेका लागि सुखद पक्ष हो ।विगतमा सीमित घेराभित्र रहेको शेयर कारोबारले अहिले दायरा फराकिलो बनाएको छ । करिब ३५ लाख लगानीकर्ताले डिम्याट खाता खोलेका छन् । करिब १७ लाख लगानीकर्ताले आईपीओमा आवेदन दिन्छन् भने करिब ६ लाख लगानीकर्ताले अनलाइनमार्फत् दोस्रो बजारमा कारोबार गर्ने गरेको आँकडा आउँदै गर्दा दैनिक १२ अर्ब रुपियाँको हाराहारीमा शेयर कारोबार हुनु र ३९ खर्ब रुपियाँको हाराहारीमा रहेको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० नजिकै शेयर बजारको समग्र बजार पुँजीकरण पुग्नु नेपालको पुँजी बजारका निम्ति सकारात्मक पक्ष हुन् ।
यति हुँदाहुँदै पनि नेपाल स्टक एक्सजेन्ज ९नेप्से० ठूलो हिस्सा ओगटेको बैंकिङ समूहमा भने अहिलेको छलाङबाट अलि टाढै बसेको छ । लाभांशको कुनै नाम निशान नभएका केही जलविद्युत् कम्पनी र महिनौंदेखि बन्द रहेका होटल तथा पर्यटनलगायतका समूह र त्यस्तै प्रकृतिका कम्पनीहरूको शेयर मूल्य उर्लिदा लगानीकर्ताका लागि तुलनात्मकरूपले बढी सुरक्षित मानिएको बैंकिङ र बीमा समूहमा भने तात्विक भिन्नता आउन सकेको देखिँदैन ।
पाँच वर्ष अगाडि नेप्से १८८१ को उच्च बिन्दुमा कायम गरेको अवस्थामा भन्दा अहिले नेप्से २८ सयको नजिक पुग्दा पनि बैंकिङ समूहको शेयर मूल्य न्यून रहेको छ । अहिलेको ‘बुल’बाट बैंकिङ क्षेत्रमा लगानी गर्ने आफूहरू भने उत्साहित हुन नसकेको लगानीकर्ताको गुनासो छ । आफ्नो हैसियतअनुसार बैंकहरूको शेयर मूल्य नभएको स्वयम् बैंकरहरूले बताउँदै आएका छन् । ‘अहिलेको अवस्थामा सबै वाणिज्य बैंकको शेयर मूल्य वास्तविकभन्दा धेरै कम रहेको छ ।’ शेयर विश्लेषक विकास श्रेष्ठ भन्नुहुन्छ–‘अहिलेको बजार मूल्यभन्दा कम्तिमा पनि ४० प्रतिशतभन्दा बढी शेयर मूल्य सबै बैंकहरू ‘डिजर्ब’ गर्छन् ।’
अहिलेको बुलमा पनि बैंकिङ क्षेत्रको शेयर मूल्य किन बढ्न सकेको छैन त रु भन्ने जिज्ञाशामा श्रेष्ठको भनाइ छ–‘पहिलो कुरा त बैंकहरूले अहिले हकप्रद शेयर जारी गर्ने अवस्था छैन । पुँजी बढाउनका लागि अर्को बैंक तथा वित्तीय संस्था एक्वायर गर्नैपर्ने हुन्छ । अर्को कुरा एक दुई जना खेलाडी वा ५–१० करोड रुपियाँको चलखेलले बैंकमा कुनै असर हुँदैन । तेस्रो कुरा बैंकिङ क्षेत्रको नियमक निकायको कडाइका कारण चलखेल गर्न गाह्रो छ ।
यिनै कारणले गर्दा बैंकिङ समूहको शेयर मूल्यमा अस्वभाविक बढ्न सकेको छैन ।’ नियमक निकाय नै नभएका, लाभांशको कुनै गुन्जायस नदेखिएका र महिनौंदेखि बन्द वा घाटामा रहेका कम्पनीमा सीमित व्यक्तिको चलखेल गर्दा नयाँ र साना लगानीकर्ताहरूले अल्मलिएको यस क्षेत्रका जानकारहरू बताउँछन् ।नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार समितिका सभापति अम्बिका पौडेलले लगानीकर्ताहरूलाई आफूले लगानी गर्ने कम्पनीकोे वित्तीय स्थिति, सो कम्पनीको पछिल्ला दुई तीन वर्षको वित्तीय विवरण र लाभांश वितरणको अवस्थालगायतका आधारभूत विषयमा विश्लेषण गरी लगानी गर्न सुझाव दिनुहुन्छ ।
यसैबीच वैशाख २६ गतेदेखि बढेको शेयर बजारमा बुधबार ब्रेक लागेको छ । यस पदन नेप्से परिसूचक १३ दशमलव शून्य ९ अंकले घटेर २७८० दशमलव ८१ विन्दुमा झरेको छ । कुल २१४ वटा कम्पनीको २ करोड ५१ लाख २१ हजार कित्ता शेयर ११ अर्ब ९५ करोड ८० लाख रुपियाँमा काारोबार भएको छ । यो हालसम्कै उच्च कारोबार रकम हो । कारोबारमा आएका ११७ कम्पनीको शेयरमूल्य घटेको छ भने ५९ कम्पनीको शेयरमूल्य बढेको छ ।
बुधबार समता घरेलु लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९ दशमलव ९९ प्रतिशतले बढेको छ भने रुरु जलविद्युतको ९दशमलव ९६ प्रतिशत, गोर्खाज फाइनान्सको ९दशमलव ९३ प्रतिशत, नेपाल फाइनान्सको ९दशमलव ८२ प्रतिशत र कर्णाली डेभलपमेन्ट बैंकको ९ दशमलव ६२ प्रतिशतले बढेको छ ।
तर, ङादी ग्रुप पावरको शेयरमूल्य सबैभन्दा धेरै ६ दशमलव ८८ प्रतिशतले घटेको छ भने युनाइटेड मोदीको ५ दशमलव ९२ प्रतिशत, नेपाल हाइड्रो डेभलपर्सको ५ दशमलव ७० प्रतिशत, युनिभर्सल पावरको ५ दशमलव ६० प्रतिशत र रैराङ हाइड्रोपावरको ५ दशमलव ३५ प्रतिशतले घटेको छ। बुधबार पनि नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ५५ करोड रुपियाँको शेयर कारोबार भएको छ ।
त्यस्तै नेसनल लाइफको ४५ करोड ३४ लाख, नेश्नल हाइड्रोेको ३० करोड ६० लाख, राधी विद्युतको २९ करोड ७३ लाख र सगरमाथा इन्स्योरेन्सको २२ करोड ३५ लाख रुपियाँको शेयर कारोबार भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’





प्रतिक्रिया