रु रु जलविद्युतको शेयर मूल्य १३ दिनपछि घट्यो

नुवाकोट । आइपीओ जारी गरेर दुई साता अघिमात्रै नेप्सेमा सूचीकृत भएको रु रु जलविद्युतको शेयरमूल्य लगातार १३ दिनको वृद्धिपछि बिहीबार घटेको छ।
बिहीबार कम्पनीको शेयरमा बिक्री चाप बढ्दा कारोबार खुलेको केहि समयमानै कम्पनीको शेयरमूल्य उच्च दरले घटेको हो। १ बजेसम्ममा कम्पनीको शेयरमूल्य ६० रूपैयाँ अर्थात ५.१३ प्रतिशत घटेर १ हजार ११० रूपैयाँमा झरेको हो। बुधबार कम्पनीको शेयर प्रतिकित्ता १ हजार १७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
भर्खरै आइपीओ निष्काशन गरेको यो कम्पनीको शेयरमूल्य सूचीकृत हाइड्रोपावर कम्पनीहरु मध्येकै उच्च हो। याे पछि माथिल्लाे तामाकाेशीकाे शेयरमूल्य साढे ८ सय रूपैयाँकाे हाराहारी छ।
बैशाख २० गतेदेखि दोस्रो बजारमा कारोबार खुलेको कम्पनीको कारोबार खुलेकै दिनदेखि शेयरमूल्य लगातार बढ्दै आएको थियो।
दोस्रो बजारमा प्रतिकित्ता ३५६ रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको शेयरमूल्य १३ कारोबार दिनमा ८१४ रुपैयाँले बढेको थियो।
प्रतिक्रिया