महामारी व्यवस्थापनमा उदाहरणीय बन्यो त्रिशुली अस्पताल
नुवाकोट । अस्पतालका प्रमुख डा. दिपेन्द्र पाण्डेले शनिबार फेसबुकमा एउटा लिंक हाल्दै भने, ‘त्रिशुली अस्पताल नुवाकोटले आइसीयू कोभिड वार्डमा बेड उपलव्ध रहेको वा नरहेको अनलाइन माध्यमबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ ।’
त्यो लिंक खोलेर हेर्दा आइसीयू, कोभिड व्लक ए, व्लक बी र व्लक सीमा कति बेड छ र त्यसमा कति खाली छ भन्ने सुरुमै देखियो । अलि तल कति बिरामी संक्रमित भए, कति उपचाररत छन्, कति डिस्चार्ज भए र कतिको कोभिड – १९ को संक्रमणबाट ज्यान गयो प्रष्टसंग लेखिएको छ ।
‘यो एउटा साधारण काम हो । अहिले अधिकांशको हातमा मोवाइल छ । इन्टरनेटको पहुँच छ । अनलाइन सिस्टममा विवरण राखिदिएपछि अब बेड खाली छ कि छैन् भनेर सेवाग्राहीले हामीसंग सोधिरहनु पनि परेन, त्यत्ति जानकारी लिन अस्पतालसम्म आइराख्नुपनि परेन । यसले अस्पतालमा भिडभाड पनि कमी हुने भयो । आएर सोधखोज गर्नुपर्ने झन्झट पनि हरायो । र हामीले पनि सेवाग्राहीलाई भनिरहनु परेन,’ डा पाण्डेले भने ।
हुन पनि अहिले कोभिडका उपचार गर्ने, नगर, जिल्ला, प्रदेश हुँदै संघीय अस्पताल र निजीले आफ्ना नाम अघि राख्ने गरेका नेशनल देखि इन्टरनेशनलसम्मका अस्पतालका प्रमुख र सञ्चालकहरुको अधिकांश फोन बेड छ कि छैन् भन्ने विषयमै आउँछ । त्रिशुली अस्पतालले यसमा आफूलाई एक कदम अघि उभ्याएको छ ।
नयाँ भेरियन्ट सहित देखा परेको कोभिडको दोस्रो लहर काठमाडाँै र लुम्विनी प्रदेशमा सुनामी जसरी भित्रियो । अस्पतालहरुमा अक्सिजन चाहिने बिरामीको चाप थेग्नै नसक्ने गरी बढ्यो ।
काठमाडौँ उपत्यका, बुटवल, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका स्थानका निजी तथा सरकारी अस्पतालहरमा अक्सिजनको चरम अभाव देखियो । अक्सिजनको अभावले कतिपय बिरामीको ज्यान गयो भन्ने समेत सुनियो । धेरै ठूला अस्पतालहरुले थप भर्ना नलिने सार्वजनिक रुपमा सूचना जारी गर्दै जानकारी गराए ।
तर, त्रिशुली अस्पताल यसमा पनि एक कदम अघि बढ्यो । ५० बेडकै जिल्ला अस्पताल भए पनि उसले अत्याधुनिक अक्सिजन प्लान्ट जडान गरेको थियो । अस्पतालका प्रमुख डा पाण्डे भन्छन्, ‘अहिले हाम्रो प्लान्टले १ मिनेटमा ३०० लिटर अक्सिजन दिन्छ । औषत ५० बढी बिरामी भर्ना भएर उपचार लिईरहनु भएको छ । तर सिलिन्डर प्रयोग गर्न परेको छैन ।’
उनले आफूलाई प्रयाप्त भएपछि थप अक्सिजन अन्यत्र पठाउने गरी प्लान्टलाई स्तरबृद्धि गर्न लागेको समेत सुनाए । ५० बेडको जिल्ला अस्पतालले अक्सिजन प्लान्ट जोडदा राजधानीमा अन्तराष्टिय भनेर कहलिएका कतिपय अस्पतालहरु भने सिलिन्डर अभावमा सेवा बन्द गर्न बाध्य भएको बताइरहेका छन् । आफ्नै अक्सिजन प्लान्ट नभएका कारण अस्पतालहरुले यस्तो समस्या भोग्नु परेको हो ।
त्रिशुली अस्पतालको ‘ख’ बर्गको एम्बुलेन्स छ । एम्बुलेन्स भित्रै आइसीयू सेटअप भएको । राजधानी र मोफसलका एम्बुलेन्सहरुमा चालकको भरमा मात्रै बिरामी पठाइन्छ । तर ले यो एम्बुलेन्समा एक जना प्यारामेडिक्सको समेत व्यवस्था गरेका छौँ, डा पाण्डेले भने ।
गम्भीर बिरामीलाई अत्याधुनिक सुविधायुक्त एम्बुलेन्स स्वास्थ्यकर्मीसहित राखेर रिफर गर्ने जिल्ला अस्पतालको सूचीमा आफुहरु पहिलो भएको हुनसक्ने उनको अनुमान छ ।
सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने सरकारको निर्देशन भएपनि त्रिशुलीमा भने अहिले पनि नन कोभिड सेवा जारी छ ।
‘कोभिडलाई मात्रै हेर्दा ननकोभिडका बिरामीहरु हेर्ने अरु स्तरीय अस्पताल जिल्लामा छैन् । त्यसैले हामी बाध्य छौं । छुट्टै ब्लकमा सो सेवा दिइरहेका छौं । एचडीयूलाई नन कोभिडको लागि आइसीयूमा रुपान्तरण गरेका छौँ,’ डा पाण्डेले भने ।
अस्पतालले पहिलो लहरबाटै कोभिडको पीसीआर परीक्षण सेवा पनि सञ्चालनमा ल्याएको छ । अहिले त्रिशुली चार जिल्लाको संगमस्थल जस्तो भएकोले पनि पीसीआरको लागि ठूलो चाप भएको पाण्डेले सुनाए ।
त्रिशुली अस्पतालमा नुवाकोट, रसुवा धादिङ र काठमाडौँ सिमाका गरी चार जिल्लाका बिरामीले सेवा लिन्छन् । अरु बेला दैनिक ३५० बढी ओपिडीमा आउँछन् । अहिले कोभिडको महामारीमा पनि ओपिडी चलेको छ र त्यसमा ७० – ७५ जना दैनिक रुपमा आउँछन् । स्तरीय सेवा दिन कटिवद्ध अस्पतालमा जनशक्तिको भने अभाव नै छ ।
‘स्थायी तहको चिकित्सक म मात्रै हो,’ डा पाण्डेले अगाडी थपे, ‘अरु छात्रबृत्ति र करारका हुनुहुन्छ । तीन जना मेडिकल अधिकृत, ८ जना बिशेषज्ञ, अरु तीन जना समितिले गरी १५ जना चिकित्सक छौँ । तर अहिले भने ८ जना भन्दा बढी कोभिड संक्रमणमा पर्नु भएको छ ।’
उनले अस्पतालमा सबै व्यवस्था भएर पनि जनशक्तिको समस्या भने रहेको जानकारी दिए ।
त्रिशुली अस्पताललाई सुधार गर्न जति चिकित्सक तथा स्वास्थ्यकर्मीको हात छ, त्यत्तिकै हात व्यवस्थापनको पनि छ । डा. पाण्डेले आफ्नो अस्पतालमा भएका सुधारका कामहरु भन्दै जाँदा अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपानेको नाम पटक पटक लिईरहे । उनले भने, ‘हाम्रो अस्पताल यहाँसम्म आइपुग्नुमा महत्वपूर्ण भूमिका अस्पताल विकास समितिका अध्यक्ष ज्यूको छ । हामी त जागिरे पनि भयौँ । खटिनु हाम्रो ड्युटी पनि हो । तर उहाँ त विहान देखि बेलुकासम्म अस्पताल सुधारका लागि निरन्तर खटिईरहनु भएको छ । हामीलाई साथ सहयोग र हौसला त दिइरहनु भएको छ । यसले गर्दा हामीलाई काम गर्न निकै सजिलो भएको हो ।’
उनले अस्पतालको टिम यूवाहरुको भएकाले पनि सुधार छिटो भएको हुनसक्ने बताए ।
नेपाली हेल्थबाट साभार ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग





प्रतिक्रिया