राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की

विदुर खबर २०८२ कार्तिक २४ गते १:१०

नुवाकोट । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति नुवाकोटको अध्यक्षमा सन्तोषी कार्की निर्वाचित भएकी छिन् ।

Advertisement

शनिवार भएको प्रतिष्ठानको ७ औ अधिवेशनबाट कार्की अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । लामो समयदेखि नुवाकोटमा लोक दोहोरी क्षेत्रमा सक्रिय कार्कीलाई निर्विरोध अध्यक्ष चयन गरिएको हो ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा राजु रिमाल,द्वितीय उपाध्यक्षमा अर्जुन कोईराला र महिला उपाध्यक्षमा मन्दाकिनि रिमाल चयन भएका छन् ।

Advertisement

सचिवमा रमेश गिरी चयन हुँदा सह–सचिवमा सृजना नेपाल, कोषाध्यक्षमा सरोज जंग थापा र सह–कोशाध्यक्षमा वासु कोईराला निर्वाचित भएका छन् ।

सदस्यहरुमा दुर्गा थापा, बिरबहादुर तामाङ, कल्पना घिमिरे, साबित्री बख्रेल र मिका रिमाल रहेका छन् ।

Advertisement

त्यस्तै अन्य सदस्यहरुमा रुक्मणी रिजाल,सारदा बस्नेत, रुक बहादुर हमाल र नमराज अधिकारी रहेका छन् ।

प्रतिक्रिया