त्रिशुली अस्पतालमा आईसियु थप गर्न किस्पाङ गाउँपालिकाले १० लाख दिने
विदुर खबर
२०७८ जेठ ६ गते ७:१०
नुवाकोट । त्रिशुली अस्पतालमा आईसियु थप गर्न किस्पाङ गाउँपालिकाले १० लाख दिने निर्णय गरेको छ ।
त्रिशुली अस्पतालमा आईसियु बेडको अभावको कारण धेरै जना कोरोना संक्रमितले ज्यान गुमाउनु परेकोले आईसियु बेड थप गर्न १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष छत्र लामाले जानकारी दिए ।
उनले सामाजिक संजाल फेसबुकमार्फत आईसियु बेड थप गर्न १० लाख रुपैयाँ दिने निर्णय गरेको बताएका छन् ।

गाउँपालिका अध्यक्ष लामाको फेसबुक स्टाटस
यसअघि आईसियु र भेन्टिलेटरको अभावले केही दिनअघि किस्पाङ गाउँपालिकाका एक युवाको मृत्यु भएको थियो ।
नुवाकोटमा कोरोना संक्रमणको कारण १३ जनाको मृत्यु भइसकेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल
महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए





प्रतिक्रिया