नेपालमा कोरोनाबाट थप २ सय ४६ जनाको मृत्यु

विदुर खबर २०७८ जेठ ५ गते २०:५२
corona dead

नुवाकोट । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप २ सय ४६ जनाको मृत्यु भएको छ ।

Advertisement

यो नेपालमा २४ घण्टामा कोरोनाका कारण भएको सबभन्दा धेरै मृत्यु हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले विभिन्‍न जिल्लामा गरी थप २ सय ४६ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ६५७ पुगेको छ । पछिल्ला केही दिनमा मृत्यु दर घटेर दिनको दुई सयभन्दा तल पुगेको थियो । तर, फेरि मृतकको संख्या बढेको हो ।

Advertisement

यस्तै पीसीआर विधिबाट गरिएको परीक्षणमा २४ घण्टामा ८ हजार ६४ जनामा संक्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ९ जनामा पोजिटिभ देखिएको छ ।

२४ घण्टामा ७ हजार ९ सय ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Advertisement

प्रतिक्रिया