बट्टारको घण्टाघरको चार घडि चारतिर
नुवाकोट । पर्यटकहरूका लागि थप आकर्षण र नगरको छुट्टै पहिचान गराउने उद्देश्यले नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा निर्माण गरिएको घण्टाघर अलपत्र परेको छ ।
विदुर नगरपालिका वडा नं ४ बसपार्क जाने चोकमा ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको घण्टाघरमा रहेका चार घडि अहिले चारतिर फर्किएका छन् । घण्टाघरको चार घडी चारति भएपनि वडा नगरपालिकाले त्यसतर्फ ध्यान दिन नसकेको बट्टार हावाघरका स्थानिय गोविन्द श्रेष्ठले बताए ।
अहिले घण्टाघरको दुई ओटा घडिले काम नगर्ने अवस्थामा समेत पुगी सकेको छ । घण्टाघरको बाटो हुदै नगरपालिकाका मेयर सञ्जु पण्डित, उपमेयर गिता दाहाल, वडा नम्बर ४ का वडाध्यक्ष टलकमान श्रेष्ठ दैनिक ओहोरदोहोर गरेपनि घण्टाघरले मुहार फेर्न सकेका छैन ।
घण्टा घण्टामा बज्नुपर्ने घण्टाघर बज्न छाडेको झन्डै एकवर्ष पुग्न आँटेपनि सरोकारवाला निकायहरु मौन रहेका छन् ।
२०७५ चैत्र १७ गते शिलान्यास गरिएको घण्टाघरको विदुर नगरपालिकाका प्रमुख सन्जु पडिण्तले शिलान्यास गरेको थिए । उनले विदुर नगरपालिकाको पहिचानका लागी र बाह्य तथा आन्तरिक पर्यटन भित्र्याउने उदेश्यका साथ बट्टारमा घण्टाघर निमार्ण लागिएको बताएका थिए । उनले प्रदेश र केन्द्रका सरकारलाई गुहारेरै भएपनि अस्तव्यस्त रुपमा रहेको विदुर नगरपालिकालाई स्मार्ट सिटी बनाएरै छाड्ने बताएपनि उनको भनाइलाई अहिले घण्टाघरले गिज्याइरहेको छ ।
५६ फिटको उचाईमा निमार्ण गरिएको घण्टाघर निर्माण लागि जस लिन खोजेका प्रदेशका मान्यहरुले समेत यसतर्फ ध्यान दिन सकेका छैनन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया