बट्टारको घण्टाघरको चार घडि चारतिर

विदुर खबर २०७८ जेठ ५ गते १७:४९

नुवाकोट । पर्यटकहरूका लागि थप आकर्षण र नगरको छुट्टै पहिचान गराउने उद्देश्यले नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा निर्माण गरिएको घण्टाघर अलपत्र परेको छ ।

Advertisement

विदुर नगरपालिका वडा नं ४ बसपार्क जाने चोकमा ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको घण्टाघरमा रहेका चार घडि अहिले चारतिर फर्किएका छन् । घण्टाघरको चार घडी चारति भएपनि वडा नगरपालिकाले त्यसतर्फ ध्यान दिन नसकेको बट्टार हावाघरका स्थानिय गोविन्द श्रेष्ठले बताए ।

अहिले घण्टाघरको दुई ओटा घडिले काम नगर्ने अवस्थामा समेत पुगी सकेको छ । घण्टाघरको बाटो हुदै नगरपालिकाका मेयर सञ्जु पण्डित, उपमेयर गिता दाहाल, वडा नम्बर ४ का वडाध्यक्ष टलकमान श्रेष्ठ दैनिक ओहोरदोहोर गरेपनि घण्टाघरले मुहार फेर्न सकेका छैन ।

Advertisement

घण्टा घण्टामा बज्नुपर्ने घण्टाघर बज्न छाडेको झन्डै एकवर्ष पुग्न आँटेपनि सरोकारवाला निकायहरु मौन रहेका छन् ।

२०७५ चैत्र १७ गते शिलान्यास गरिएको घण्टाघरको विदुर नगरपालिकाका प्रमुख सन्जु पडिण्तले शिलान्यास गरेको थिए । उनले विदुर नगरपालिकाको पहिचानका लागी र बाह्य तथा आन्तरिक पर्यटन भित्र्याउने उदेश्यका साथ बट्टारमा घण्टाघर निमार्ण लागिएको बताएका थिए । उनले प्रदेश र केन्द्रका सरकारलाई गुहारेरै भएपनि अस्तव्यस्त रुपमा रहेको विदुर नगरपालिकालाई स्मार्ट सिटी बनाएरै छाड्ने बताएपनि उनको भनाइलाई अहिले घण्टाघरले गिज्याइरहेको छ ।

Advertisement

५६ फिटको उचाईमा निमार्ण गरिएको घण्टाघर निर्माण लागि जस लिन खोजेका प्रदेशका मान्यहरुले समेत यसतर्फ ध्यान दिन सकेका छैनन् ।

 

प्रतिक्रिया