सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोवार रकममा रेकर्ड
नुवाकोट । बुधवार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
बैशाख २६ गतेदेखि बढ्न थालेको बजारमा १७५.४६ अंकको बृद्धिपछि बुधबार १३ अंकको करेक्सन देखिएको हो। बुधबार नेप्से सूचक १३.०९ अंकले घटेर २७८०.८१ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि अंकले घटेको छ।
यस दिन कारोबार रकममा भने नयाँ रेकर्ड कायम भएको छ। मंगलबार ११ अर्ब ३५ करोड रुपैयाँको शेयर कारोबार भएर नयाँ रेकर्ड कायम भएकोमा बुधबार उक्त रेकर्डलाई तोड्दै झण्डै १२ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ।
बुधबार २१४ वटा कम्पनीको २ करोड ५१ लाख २१ हजार ५५४ कित्ता शेयर ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४१० रुपैयाँमा खरिद बिक्री भएको छ। यो हालसम्कै उच्च कारोबार रकम हो।
यस दिन करोबारमा आएका ११७ कम्पनीको शेयरमुल्य घटेको छ भने ५९ कम्पनीको शेयरमूल्य बढेको छ। घटेको बजारमा पनि ५ कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ।
बुधबार समता घरेलु लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने रु रु जलविद्युतको ९.९६ प्रतिशत, गोर्खाज फाइनान्सको ९.९३ प्रतिशत, नेपाल फाइनान्सको ९.८२ प्रतिशत र कर्णलि डेभलपमेन्ट बैंकको ९.६२ प्रतिशतले बढेको छ।
यता ङादी ग्रुप पावरको शेयरमूल्य सबैभन्दा धेरै ६.८८ प्रतिशतले घटेको छ भने युनाइटेड मोदिको ५.९२ प्रतिशत,नेपाल हाइड्रो डेभलपर्सको ५.७० प्रतिशत, युनिभर्सल पावरको ५.६० प्रतिशत र रैराड. हाइड्रोपावरको ५.३५ प्रतिशतले घटेको छ।
बुधबार पनि नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ५५ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने नेश्नल लाइफको ४५ करोड ३४ लाख, नेश्नल हाइड्रोेको ३० करोड ६० लाख, राधि विद्युतको २९ करोड ७३ लाख र सगरमाथा इन्स्योरेन्सको २२ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यस दिन कारोबारमा आएका १३ वा उपसमूहमध्ये ५ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ८ उपसमूहको सूचक नकारात्मक देखिएको छ। बुधबार हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै २.११ प्रतिशतले घटेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया