नेपाली कांग्रेस नुवाकोटको शत्ति प्रर्दशन, एकिकृत सम्पत्ति कर खारेज गर्न माग

विदुर खबर २०७५ साउन १५ गते ९:३८

नुवाकोट÷नुवाकोटमा मंगलबार नेपाली कांग्रेसले शत्ति प्रर्दशन गरेको छ । कांग्रेसले सरकारले महँगी नियान्त्रण नगरेको र नुवाकोटका स्थानिय तहहले जनतामाथि जथाभावि करको दायर बढाएको भन्दै प्रर्दशन गरेको नेपाली कांग्रेस नुवाकोटले जनाएको छ ।

Advertisement

 

Advertisement

 

नेपाली कांग्रेसले प्रर्दशनमा विशेष गरि विदुर नगरपालिकाले नगरवासीको ढाड सेकिने गरि कर बढाएको भन्दै त्यसलाई तत्काल फिर्ता गर्न माग गरेको छ । विरोध सभामा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति जगदिशनरसिंह केशीले नुवाकोटका सबै स्थासनय तहले जनताको क्षमताभन्दा बढी कर लगाएको भन्दै त्यसलाई तत्काल फिर्ता गर्न आग्रह गरेका छन । केशीले जनताको अघि कोही पनि टिक्न र झुक्न नसक्ने भन्दै वृदि गरिएको कर फिर्ता नगरेसम्म नेपतली कांग्रेसले आन्दोलन जारी राख्ने बताए ।

Advertisement

 

 

यसैबिच विदुर नगरपालिकाले गत असार १० गते नगरसभाबाट पारित गरेको एकिकृत सम्पत्ति करलाई जनताको चाहाना अनुरुप संशोधन गर्ने संकेत गरेको छ ।

नगरपालिकाले एकिकृत सम्पत्ति कर बढाएको भन्दै नगरवासीले विरोध जनाएपछि लगाएको एकिकृत सम्पत्ति करको विषयमा संशोधन गरेको विदुर नगरपालिकाका उपमेयर तथा राजश्व समितिका प्रमुख गिता दाहालले बताएकी छिन । बिदुर नगरपालिकाका उपमेयर दाहालले ८० प्रतिशत जनताले नगरपालिकाले लगाएको एकीकृत सम्पति करलाई स्वीकार गरेको दाबी गर्दै केही स्थानीयवासीहरु मर्कामा परेको र जनभावना अनुसार नगरपरिषदकोे बैठकले गरेको निर्णय परिमार्जन गर्ने संकेत गरेकी हुन । उनले अब नगरपालिकाबाट कार्यान्वायन हुने कानुन संघ र प्रदेशसँग नबाजिने बनाउने प्रक्रिया भैरहेको जानकारी दिइन ।

 

उपमेयर दाहालले नगरपरिषदले बढाएको करले नगरपालिकाका ग्रामीण भेगका केही जनता मर्कामा परेको स्वीकार गर्दै नगरपलिकाले छिट्टै बैकल्पिक निर्णय गर्ने बताएकी हुन । दाहालले करको विषयमा विदुर नगरपालिका महत्वकांक्षी नभएको भन्दै आफुहरुले जनतालाई विकास निर्माणको काममा योगदान दिन र जिम्मेवार बनाउन केही मात्रामा कर लगाएको बताइन । उनले जनताले तिरेको कर नगरपालिकाको बिकास र नगरबासीको सुबिधाका लागी नै तिरेको भन्ने चेतना जनतामा जगाउन आबश्यक रहेको भनाइ व्यत्त गरिन ।
उपमेयर दहालले नगरपालिकाको दिगो विकासको लागि जनताको सहभागिता विना संभव नभएको भन्दै जनसहभागिता बढाउन करको दायरामा मात्र ल्याउन खोजेको धारणा ब्यक्त गर्नुभएको छ । विदुर नगरपालिकाले एकिकृत सम्पत्ति कर बढाएको भन्दै अहिले जिल्लाभर विरोध भइरहेको छ भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आन्दोलन समेत गरिरहेको छ ।

प्रतिक्रिया