नुवाकोटमा आज एकसय ४७ जना कोरोना संक्रमित थपिए
विदुर खबर
२०७८ जेठ ५ गते १३:५९

नुवाकोट । नुवाकोटमा आज एकसय ४७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा २ सय ९४ जनाको पिसिआर परिक्षण गर्दा एकसय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या २ हजार ४ सय १३ पुगेको छ । यस्तै सक्रिय कोरोना संक्रमितको संख्या ८ सय ६७ पुगेको छ ।
सक्रिय कोरोना संक्रमितमध्ये ५० जना अस्पतालमा, १७ जना आइसोलेसन सेन्टरमा र ६ सय ९७ जना होम आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
नुवाकोटमा हालसम्म १२ हजार ३ सय ४५ जनाको पिसिआर परिक्षण गरिएको छ । कोरोना संक्रमणको कारण नुवाकोटमा १३ जनाको ज्यान गइसकेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया