महन्थलाई प्रधानमन्त्री बनाउन देउवा र प्रचण्ड तयार
नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले जतिसक्दो चाँडै विश्वासको मत लिने तयारी गरेका छन् ।
तर, नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० लगायतका विपक्षी दलहरु भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने तयारीमा जुटेका छन् । साथै, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धारा ७६ को ५ बमोजिम नयाँ सरकार गठन गर्दा अब जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरलाई अघि सार्नेसम्मको गृहकार्य गरेका छन् ।
यसअघि पनि माओवादी केन्द्रका अध्यक्ष दाहाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडे, नेताहरु कृष्ण प्रसाद सिटौलालगायतले ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्नेमा जोड दिएका थिए । तर, सभापति देउवाले भने यसमा कुनै ग्रिन सिग्नल दिएका थिएनन् । तर, अब देउवापनि ओलीको नेतृत्वमा चुनाव चाहँदैनन् ।
त्यसो भएको हुनाले यो दुई वर्ष ठाकुरलाई नै प्रधानमन्त्री बनाउने वा एक वर्षसम्म ठाकुरलाई सरकारको नेतृत्व गर्न दिएर त्यसपछि चुनावी सरकारको नेतृत्व आफूले लिने देउवाको योजना छ । यसमा अहिले विपक्षी गठबन्धनका नेताहरुले आन्तरिक छलफल गरिरहेको स्रोतको दाबी छ ।
नेकपा ९एमाले० एक ढिक्का भएको अवस्थामा र जसपाको ठाकुर पक्षले साथ दिए विश्वासको मत लिन सकिने प्रधानमन्त्री ओलीको विश्वास छ। तर, ठाकुर पक्षले भने कुनैपनि हालतमा विश्वासको मत नदिने रणनीति अख्तियार गरेको छ । बरु, तटस्थ बसेर धारा ७६ को ५ मा मुलकुलाई अघि बढाउने उनीहरुको योजना छ । अहिले जसपाको ठाकुर पक्षले सरकारको नेतृत्वमा दाबी गरेको बुझिएको छ । यसको लागि ठाकुर पक्षका नेताहरुले ओली र देउवा दुवै गठबन्धनतर्फ कुराकानी अघि बढाईरहेका छन् ।
केही दिनअघि जसपाका नेता राजकिशोर यादवले पत्रकार ऋषि धमलासँगको कुराकानीमा पनि ठाकुरको नेतृत्वमा सरकार बनाउन सकिने बताएका थिए । उनले जसपा सरकारको नेतृत्व लिन सक्षम रहेको भन्दै प्रमुख दलहरुले किन त्यतातर्फ नसोचेको भन्दै प्रश्न तेर्साएका थिए । अहिले यादवलगायतका नेताहरु पनि जसपाकै नेतृत्वमा सरकार बनाउनेगरि छलफलमा जुटेको स्रोतको दाबी छ ।
विपक्षी गठबन्धनले वर्तमान सरकारलाई बजेट, नीति तथा कार्यक्रम संसदबाट पारित गर्न नदिने रणनीति बनाएका छन् । तर, प्रधानमन्त्री ओलीले संसदबाट नीति तथा कार्यक्रम र बजेट ल्याउनुभन्दापनि अध्यादेशमार्फत ल्याउन खोजेको विपक्षी दलहरुको आरोप छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला





प्रतिक्रिया