सुर्यगढी गाउँपालिकामा एकैदिन ३० जना संक्रमित भेटिए

विदुर खबर २०७८ जेठ ५ गते १२:२६

नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिकामा एकैदिन ३० जना कोरोना संक्रमित भेटिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा पालिकामा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये १८ पुरुष र १२ महिला रहेका छन् । यससँगै सुर्यगढी गाउँपालिकामा कोरोना संक्रमितको संख्या एकसय १९ पुगेको छ । कुल संक्रमितमध्ये ७४ पुरुष र ४५ महिला रहेका छन् ।

Advertisement

यस्तै गाउँपालिकामा ४६ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । उनीहरु सबै होम आइसोलेसनमा रहेका छन् ।

हालसम्म सुर्यगढी गाउँपालिकाका ५ सय ७५ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

Advertisement

प्रतिक्रिया