नुवाकोटमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

विदुर खबर २०७८ जेठ ५ गते १०:२५
corona dead

नुवाकोट ।  कोरोनाबाट मंगलबार मात्र दुई जनाको मृत्यु भएको छ ।

Advertisement

सूर्यगढी गाउँपालिका–३ की ३२ वर्षीया महिलाको मंगलबार दिउँसो पौने एक बजे मृत्यु भएको त्रिशूली अस्पतालले जनाएको छ । उनी शुक्रबार अस्पताल भर्ना भइ भेन्टिलेटरमा राखेर उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रशासन अधिकृत देवराज पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

त्यसैगरी, मंगलबार बिहान ७ बजे किस्पाङ गाउँपालिका–५ की ४२ वर्षीया एक महिलाको मृत्यु भएको छ । उनी शुक्रबार त्रिशूली अस्पतालमा भेन्टिलेटरमा राखेर उपचाररत् थिइन् ।

Advertisement

बिहीबार त्रिशूली अस्पताल भर्ना भएका धादिङ निलकण्ठनगरपालिका–११ का ५५ वर्षीय पुरुषको सोमबार राति निधन भएको छ । उनलाई भेन्टिलेटरसहितको कक्षमा राखेर उपचार हुँदै गर्दा सोमबार सवा १० बजे मृत्यु भएको त्रिशूली अस्पतालका प्रशासन अधिकृत पोखरेल जनाएका छन् ।

नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ जना पुगेको छ । ८ सय १ जना सक्रिय संक्रमित छन् ।

Advertisement

प्रतिक्रिया