नवलपरासीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु
विदुर खबर
२०७८ जेठ ५ गते ९:२९

नुवाकोट । काठमान्डौबाट रुकु्म जाँदै गरेको बस नवलपरासीमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तरगत बर्दघाट दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा कम्तिमा ४ जनाको ज्यान गएको जिल्ला प्र्रहरी कार्यालय नवलपरासी (पश्चिम) का डिएसपी राजु लामाले जानकारी दिए ।
काठमाडौंबाट रुकुमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट नगरपालिकामा पर्ने दाउन्नेको खुर्सानी खोलामा आज विहान ६ वजे दुर्घटनामा परेको हो ।दुर्घटनामा परि ४९ जना घाईते भएका छन ।
चार जना मृतक मध्ये रुकुम पश्चिमका धनराज घर्ती र कल्पना पुनको मात्रै सनाखत भएको छ । घाईते ४९ जना मध्ये ४२ जनाको चिसापानी सामुदायिक अस्पताल बर्दघाट, ५ जनाको संजिवनी हेल्थ क्लीनिकमा उपचार भैरहेको छ ।
चालकले प्रहरीलाई बसको ब्रेक फेल भै दुर्घटना हुन पुगेको बताएका छन ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया