धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा ५० थान अक्सिजन सहयोग

विदुर खबर २०७८ जेठ ४ गते २१:३५
dhurmus suntali foundation

काठमाडौं । नेपालमा कोरोना संक्रमित बढेसँगै अक्सिजनको पनि कमी भएको छ । दिनहुँ कयौ मानिसहरुको अक्सिजन नपाएर मृत्यु हुने गरेको छ । यसक्रममा धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष तथा हास्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले हिजो बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा संचालित कोभिड अस्पताललाई ५० थान अक्सिजन सहयोग गरेका हुन् ।

Advertisement

धुर्मुस–सुन्तली फाउन्डेसनले कोरोना संकटको महामारीमा पिडित भएकाहरुलाई राहत र उद्वारका लागि आकस्मिक हेल्प डेस्क स्थापना गरेको छ । फाउन्डेसनले हेल्प डेस्कबाट एम्बुलेन्स, रक्तदान लगायतका सेवा दिदै आएको छ ।

अहिलेसम्म भरतपुर अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको र ८ सय भन्दा बढी व्यक्तिहरुलाई सेवा दिएको कलाकार सिताराम कट्टेलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

Advertisement

 

प्रतिक्रिया