आज शेयर बजारमा दुई नयाँ रेकर्ड

विदुर खबर २०७८ जेठ ४ गते १६:४७

नुवाकोट ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज एकै दिन दुई नयाँ रेकर्ड कायम गरेको छ ।

Advertisement

आज मंगलबार नेप्सेमा हालसम्मकै सर्वाधिक कारोबार र उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । आज नेप्सेमा ११ अर्ब ३५ करोड ९३ लाख बराबरको करोबार भएको छ ।

यो कारोबार हालसम्मकै उच्च हो । त्यस्तै, आज नेप्से हालसम्मकै उच्च विन्दुमा पनि पुगेको छ । आज नेप्से दुई हजार सात सय ९३ दशमलब ८९ विन्दुमा पुगेको छ ।

Advertisement

यो हालसम्मकै उच्च विन्दु हो । नेप्सेका अनुसार आज ३४.६८ अंकले नेप्से बढेको छ ।

प्रतिक्रिया