नुवाकोटमा ६० जना कोरोना संक्रमित कोरोनामुत्त

विदुर खबर २०७८ जेठ ४ गते १६:४१

नुवाकोट । नुवाकोटमा आज ६० जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ६० जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका हुन् । यससँर्गै नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या एकहजार ४ सय ५३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये सुर्यगढी गाउँपालिकाका ३० जना रहेका छन् ।

Advertisement

यस्तै किस्पाङ गाउँपालिकाका ५ जना, ककनी गाउँपालिकाका ४ जना, विदुर नगरपालिकाका २ जना र बेलकोटगढी नगरपालिकाका एक जना रहेका छन् ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ६६ पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्लामा २ जना कोरोना संक्रमितको मृत्यु भएसँगै जिल्लामा मृत्यु भएको कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।

Advertisement

नुवाकोटमा हालसम्म १२ हजारभन्दा बढीको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

 

प्रतिक्रिया