नेप्से अपडेट : बजार बढ्दै

विदुर खबर २०७८ जेठ ३ गते १८:४७

नुवाकोट ।  साताको पहिलो दिन शेयर बजारले ऐतिहासिक उचाई छोएपछिको आज दोस्रो दिन पनि बजार बढ्ने क्रममा नै रहेको छ।

Advertisement

अहिले सम्मकै सर्वाधिक उचाई छुने क्रममा आज बजार ९.५७ अर्ब कारोवार रकमका साथ २७५९.२२ विन्दुमा बन्द भएको छ। आज शेयर बजारमा भएको कारोवारलाई आधार मान्ने हो भने जलविधुत कम्पनीहरुमा लगानिकर्ताहरुको आकर्षण बढ्दो रहेको देखिन्छ।

विगत केहि दिन देखिको राजनीतिक अन्यौलताको अन्त्य भएसँगै बजार पुनः लयमै फर्किएको छ। बैंकको ब्याजदर न्युन हुनु, अन्य क्षेत्रमा लगानीको अवसर कम हुनु र एक वर्ष अघिको लकडाउन पछि बजारले लिएको गति जस्ता कारणहरूलाई आधार मान्ने हो भने बजार अझै बढ्ने देखिन्छ।

Advertisement

प्रतिक्रिया