नुवाकोटमा सक्रिय कोरोना संक्रमित ७ सय नजिक

विदुर खबर २०७८ जेठ २ गते १७:२६

 

Advertisement

नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ७ सय नजिक पुगेको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ५५ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ७ सय नजिक पुगेको हो ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालका अनुसार नुवाकोटमा कोरोना संक्रमितको संख्या २ हजार ६६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या १३ सय ६५ पुगेको छ ।

Advertisement

यस्तै नुवाकोटमा अहिलेसम्म ८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया