बाग्मति प्रदेशसभा सदस्य खतिवडाद्धारा त्रिशुली अस्पताललाई अक्सिजन प्रदान

विदुर खबर २०७८ जेठ २ गते १३:०४

नुवाकोट । बाग्मति प्रदेशसभा सदस्य तथा नेकपा माओवादी केन्द्र नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले त्रिशुली अस्पताललाई आवश्यक पर्ने अक्सिजन उपलब्ध गराएका छन् ।

Advertisement

आईतवार खतिवडाले अस्पताल पुगेर ६८ सय लिटर अक्सिनसहित १० ओटा सिलिन्डर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपाने र अस्पतालका सुपरिडेन्डेन डा. दिपेन्द्र पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।

खतिवडाले अस्पताललाई आवश्यक पर्ने अक्सिजन थोरै मात्रामा भएपनि उपलब्ध गराउन पाएकोमा खुशी व्यक्त गरे ।

Advertisement

उनले आगामी दिनमा पनि अस्पताललाई आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्री जुटाउन सहयोग गर्ने प्रतिवद्धता व्यत्त गरे ।

प्रतिक्रिया