चिलिमे जलविद्युत् केन्द्रको विद्युत् लाइनमा बेलुन राख्न आग्रह
रसुवा,चिलिमे जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने विद्युत् लाइनमा सांकेतिक बेलुन राख्न माग गरिएको छ ।
भार्खुको डिल र धुञ्चे तल अल्को ठाउँबाट सिधा विद्युत् तार भएकाले हेलिकोप्टर उडाई धुञ्चेमा बिरामी लिन जाँदा वा यात्रु पु¥याउन जाँदा उड्दै गरेको अवस्थामा प्रतिकूल मौसम आए पाइलटको एक मात्र सहारा नदी किनार हुने गरेको छ । नजिकमा नपुगी तार नदेखिने भएका कारण सम्भावित घटना न्यूनीकरणका लागि सांकेतिक चिह्नस्वरुप विद्युत् तारमा बेलुन राखिदिन माग गरिएको अल्टिच्युड एयरका पाइलट शोभित गौतमले बताउनु्भयो । कैलाश, सिम्रीक, डानेस्टिक फिस्टेल हेलिकोप्टर कम्पनीहरुले नेपाल विद्युत् प्राधिकरण समक्ष विद्युत् तारमा बेलुन राखिदिन आग्रह गरेका हुन् ।
नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयअन्तर्गतको राष्ट्रिय प्रसारण महाशाखाका सहायक प्रबन्धक माधब पौडेलले भौगोलिक विकटता प्रतिकूल मौसममा नदी छेउमा हेलिकोप्टर लानुपर्ने बाध्यतालाई मध्यनजर राखी पर्नसक्ने असर न्यूनीकरण गर्न छिटै स्थलगत रुपमा अध्ययन गरेर बेलुन राख्ने प्रक्रिया अगाडि बढाउने बताउनुभयो । चिलिमेबाट उत्पादित २२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा पु¥याउन विद्युत् प्राधिकरणले विसं २०५९ सालमा स्याफ्रुबँेशी–त्रिशूली ३८ किमी लामो ६६ केबी प्रसारण लाइन निर्माण गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया