राप्रपाको महाअधिवेशन स्थगित
नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।
तीन अध्यक्षको बैठकले महाधिवेशन उपयुक्त समयमा घोषणा गर्नेगरी स्थगित गरेको हो । कोरोना महामारी बढ्दै गएकाले महाधिवेशन स्थगित गर्नुपरेको नेता मोहन श्रेष्ठले बताए । राप्रपाको महाधिवेशन यसअघि पनि स्थगित भएको थियो ।
वैशाख अन्तिम साता तोकिएको महाधिवेशन तयारी नपुगेको भन्दै २२–२५ जेठमा गर्ने तय भएपनि कोरोनाका कारण स्थगित गरिएको छ । आफू सुरक्षित रहँदै कोरोना रोकथाममा परिचालित हुन राप्रपाले पार्टी पंक्तिलाई निर्देशन पनि दिएको छ ।
यसका साथै महामारी नियन्त्रण एवम् रोकथाममा सरकारको व्यवस्थापन कमजोर बनेकोमा चिन्ता व्यक्त गरेको छ । संक्रमितका लागि अस्पतालहरुमा बेडको अभाव, अक्सिजन आपूर्तिमा समस्या, आईसीयू, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युदर बढेको भन्दै राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी
सरस्वती आधारभुत विद्यालयमा विज्ञान प्रयोशाला
तारकेश्वरका आशिष घिमिरे मृत अवस्थामा भेटिए
नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार





प्रतिक्रिया