राप्रपाको महाअधिवेशन स्थगित

विदुर खबर २०७८ जेठ १ गते १५:१५

नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।

Advertisement

तीन अध्यक्षको बैठकले महाधिवेशन उपयुक्त समयमा घोषणा गर्नेगरी स्थगित गरेको हो । कोरोना महामारी बढ्दै गएकाले महाधिवेशन स्थगित गर्नुपरेको नेता मोहन श्रेष्ठले बताए । राप्रपाको महाधिवेशन यसअघि पनि स्थगित भएको थियो ।

वैशाख अन्तिम साता तोकिएको महाधिवेशन तयारी नपुगेको भन्दै २२–२५ जेठमा गर्ने तय भएपनि कोरोनाका कारण स्थगित गरिएको छ । आफू सुरक्षित रहँदै कोरोना रोकथाममा परिचालित हुन राप्रपाले पार्टी पंक्तिलाई निर्देशन पनि दिएको छ ।

Advertisement

यसका साथै महामारी नियन्त्रण एवम् रोकथाममा सरकारको व्यवस्थापन कमजोर बनेकोमा चिन्ता व्यक्त गरेको छ । संक्रमितका लागि अस्पतालहरुमा बेडको अभाव, अक्सिजन आपूर्तिमा समस्या, आईसीयू, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युदर बढेको भन्दै राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया