नुवाकोटमा थप ४९ जनामा संक्रमण

विदुर खबर २०७८ वैशाख ३१ गते १९:५०

नुवाकोट । नुवाकोटमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ८६ जनाको पिसिआर परिक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये शिवपुरी गाउँपालिकाका २४ जना र विदुर नगरपालिकाका २० जना रहेका छन् । यस्तै पन्चकन्या र तारकेश्वर गाउँपालिकाका समान एक÷एक जना रहेका छन् ।

Advertisement

यससँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ६ सय ३१ पुगेको छ । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या एकहजार ९ सय १९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित निको भएर घर फर्किएको कार्यालयले जानकारी दिएको छ । यससँगै नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या १२ सय ९४ पुगेको छ ।

Advertisement

नुवाकोटमा अहिलेसम्म कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

प्रतिक्रिया